‘लप्पन छप्पन २’, हलमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
३१ पटक हेरिएको
Shares
‘लप्पन छप्पन २’,  हलमा

सारांश

  • कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् ।
  • गतसाता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो ।
  • रिलिज अगाडी गरिएको प्रिमियरले फिल्मी माहोल बनायो ।

कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् । गतसाता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो । रिलिज अगाडी गरिएको प्रिमियरले फिल्मी माहोल बनायो । कोरोना भाइरसको महामारी पश्चात त्यहाँ सेलिब्रेटी देखिए ।

आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’लप्पन छप्पन २’ ले पनि सिरिजको पूर्व सन्ध्यामा प्रिमियर गरेको थियो । काठमाडांैमा भएको प्रिमियरमा फिल्म हेर्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।फिल्मकै कलाकारसमेत रहेका शिव श्रेष्ठले फिल्म स्तरीय बनेको प्रतिक्रिया दिए । फिल्म हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाली फिल्मनै बक्स अफिसलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । ‘फिल्मले राजनीतिको फरक पाटोलाई देखाएको छ । पावर र पैसाको शक्तिले के सम्म गर्न सकिन्छ भन्ने यसमा देखिन्छ,’ अभिनेता श्रेष्ठले भने ।

फिल्म हेरेर निस्किएका अर्पण थापाले पनि दर्शकले भरपुर मनोरञ्जन पाउने विश्वास व्यक्त गरे । ‘दर्शकले लामो समयदेखि ग्याङस्टर र राजनीतिक कथावस्तुका फिल्म हेर्न पाउनु भएको थिएन,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले समेत यसलाई रुचाउनु हुनेछ ।’

मल्टी स्टारर फिल्ममा शिव र अर्पणसँगै सौगात मल्ल, अनुप विक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनय गरेका छन् । मुस्ताङमा छायांकन भइरहेको फिल्म ‘लाखे’ मा व्यस्त भएका कारण सौगात मल्ल र अनुपविक्रम शाही प्रिमियरमा उपस्थित भएनन् ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । नेपाल, बेल्जियम, अष्ट्रेलिया र नेदरल्यान्डमा छायांकन गरिएको मल्टिस्टारर फिल्म ’लप्पन छप्पन २’ मा पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । यसमा समीर खरेल क्रियटिभ निर्माता रहेका छन् भने, सहनिर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र शिक्षक महासंघबीच आज बिहान पुनः वार्ता गर्ने सहमति
सरकार र शिक्षक महासंघबीच आज बिहान पुनः वार्ता गर्ने सहमति
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
विधिपूर्वक समापन गरियो तीज
विधिपूर्वक समापन गरियो तीज
बेलायती स्वास्थमन्त्रीलाई कोरोनाको सक्रमण
बेलायती स्वास्थमन्त्रीलाई कोरोनाको सक्रमण
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
चोलेन्द्रसमशेरले आज प्रधानन्यायाधीशको सपथ लिँदै
चोलेन्द्रसमशेरले आज प्रधानन्यायाधीशको सपथ लिँदै
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
‘हिलारी स्टेप’ को अप्ठेरो ढुङ्गो कता हरायो ?
‘हिलारी स्टेप’ को अप्ठेरो ढुङ्गो कता हरायो ?
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी

तपाईंले छुटाउनुभयो कि?