‘हिलारी स्टेप’ को अप्ठेरो ढुङ्गो कता हरायो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
१६ पटक हेरिएको
Shares
‘हिलारी स्टेप’ को अप्ठेरो ढुङ्गो कता हरायो ?

सारांश

  • काठमाडाै, १० जेठ ।
  • सगरमाथा आरोहरणको क्रममा सबैभन्दा कठिन मानिएको ‘हिलारी स्टेप’ पहिले भन्दा भिरालो भएको चुचुरोबाट भर्खरै फर्केका आरोहीहरुले बताएका छन्।
  • समाचार संस्था एएफपीले सात पटकका सगरमाथा आरोही तथा पथप्रदर्शक दावा फिन्जो भोटेलाई उद्धृत गर्दै लेखेको समाचारमा हिलारी स्टेपको ४० फिट लामो चट्टाने उकालो पहिलेजस्तो नभएको दावी गरिएको छ।

काठमाडाै, १० जेठ । सगरमाथा आरोहरणको क्रममा सबैभन्दा कठिन मानिएको ‘हिलारी स्टेप’ पहिले भन्दा भिरालो भएको चुचुरोबाट भर्खरै फर्केका आरोहीहरुले बताएका छन्।

समाचार संस्था एएफपीले सात पटकका सगरमाथा आरोही तथा पथप्रदर्शक दावा फिन्जो भोटेलाई उद्धृत गर्दै लेखेको समाचारमा हिलारी स्टेपको ४० फिट लामो चट्टाने उकालो पहिलेजस्तो नभएको दावी गरिएको छ।

‘हिलारी स्टेप हामीले पहिले देखेजस्तो छैन’, दावाले भनेका छन्, ‘पाँच मिटरजतिको एउटा ठूलो ढुंगो त्यहाँ छैन, अहिले सो ठाउँबाट माथि जान सजिलो भएको छ।’

यो वर्षको वसन्तकालीन आरोहण उत्तरार्धतिर पुग्दा एएफपीले अर्का बेलायती आरोही केन्टोन कोलले समेत हिलारी स्टेपले समेत हिलारी स्टेप बदलिएको जिकिर गरेका छन्।

‘हामीले यो पटक दायाँ (हिलारी स्टेपको)तिरबाट आरोहरण गर्‍यौं’ सगरमाथाको १३ औं सफल आरोही कोलले भनेका छन्, ‘यो प्रष्ट छ कि, हिउँ र चट्टानबीचको सानो कुनो छैन।’

उनले हिलारी स्टेपको पछिल्लो खुट्किलामा रहेको ढुंगा त्यहाँ नभएको जिकिर गरे। समाचारमा केही नाम बताउन नचाहने आरोहीले समेत हिलारी स्टेप पहिलाजस्तो नभएको प्रतिक्रिया दिएको उल्लेख गरिएको छ।

गत वर्ष पनि केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले हिलारी स्टेप भत्केको समाचार प्रकाशित गरेका थिए। सन् २०१६ मा गएको भूकम्पले सगरमाथामा समेत असर पुर्‍याउँदा हिलारी स्टेपको स्वरुप परिवर्तन भएको भन्ने समाचारलाई केही नेपाली आरोही तथा सरकारले गलत बताएका थिए।

एएफपीको समाचारमा पर्यटन मन्त्रालयका दीपक भट्टराईले भने सगरमाथामा कुनै परिवर्तन नभएको र यो बारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?