आजदेखि प्रधानमन्त्री कप विश्वविद्यालय खेल
सारांश
- काठमाडौँ ।
- राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो ३ दिने प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद आजदेखि शुरु हुँदैछ ।
- बिहिबारदेखि शुरु हुने प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल खुला गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो ३ दिने प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद आजदेखि शुरु हुँदैछ ।
बिहिबारदेखि शुरु हुने प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल खुला गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । प्रतियोगिताका लागि करिब ३५ लाख रुपियाँ खर्च हुने बताइएको छ ।
भलिबलमा दुई, ब्याडमिन्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछन् । ३ दिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी हुनेछन् ।
भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतिक्रिया