अझै गठन हुन सकेन कांग्रेस संसदीय समिति

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
५२ पटक हेरिएको
Shares
अझै गठन हुन सकेन कांग्रेस संसदीय समिति

सारांश

  • काठमाडौं।
  • हालै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकको दुई प्रमुख एजेन्डामध्ये एकटा केन्द्रीय संसदीय समिति गठनसम्बन्धी थियो ।
  • काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्ज ६ वटा महानगरपालिकाको प्रमुख र उपप्रमुख गरी १२ जना उम्मेदवारको टुंगो लगाउने केन्द्रीय संसदीय समिति गठन नहुँदा विधानअनुसार निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नु एक महिनाअगावै उम्मेदवार घोषणा गर्ने कार्य प्रभावित भएको छ ।

काठमाडौं। हालै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकको दुई प्रमुख एजेन्डामध्ये एकटा केन्द्रीय संसदीय समिति गठनसम्बन्धी थियो ।
काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्ज ६ वटा महानगरपालिकाको प्रमुख र उपप्रमुख गरी १२ जना उम्मेदवारको टुंगो लगाउने केन्द्रीय संसदीय समिति गठन नहुँदा विधानअनुसार निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नु एक महिनाअगावै उम्मेदवार घोषणा गर्ने कार्य प्रभावित भएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति वैशाख ११ र १२ गते तोकेको छ । कांग्रेसको चार तहको संसदीय संसदीय समिति हुन्छ । प्रतिनिधिसभा संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति ।
प्रतिनिधिसभा संसदीय समितिले स्थानीय तहको वडा अध्यक्ष र वडा सदस्यको उम्मेदवारको घोषणा गर्छ भने जिल्ला संसदीय समितिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार अनुमोदन गर्छ ।
प्रदेश संसदीय समितिलाई नगरपालिका र उपमहानगरपालिको प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको अनुमोदन गर्ने अधिकार दिइएको छ ।
केन्द्रीय संसदीय समिति मात्र हैन प्रदेश, जिल्ला र क्षेत्रीय संसदीय समिति पनि गठन गर्न सकेकाे छैन।[image: bp-congress-nepali-congress.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कविता : सबैको शहर बूढानीलकण्ठ नगर,  उत्कृष्ट बनाउने हाम्रो रहर
कविता : सबैको शहर बूढानीलकण्ठ नगर, उत्कृष्ट बनाउने हाम्रो रहर
अफगानिस्तानमा हिंसा झन् बढ्यो
अफगानिस्तानमा हिंसा झन् बढ्यो
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
चौतर्फी घेराबन्दीका बीचमा पहिलो भयौँ : एमाले
चौतर्फी घेराबन्दीका बीचमा पहिलो भयौँ : एमाले
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
विवेकशील नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल,मृत्युको हल्ला Fake News
विवेकशील नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल,मृत्युको हल्ला Fake News
काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड
काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड
मृत्यु भइसकेको विधेयक ब्यूँताउन सकिन्न: योगेश भट्टराई
मृत्यु भइसकेको विधेयक ब्यूँताउन सकिन्न: योगेश भट्टराई
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट