लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’

सारांश

  • सिमरा ।
  • पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै १० महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आइपुगेको बताएका छन् ।
  • सोमबार बिहान सिमरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्ने बेला देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता जोखिममा थियो ।

सिमरा । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै १० महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आइपुगेको बताएका छन् ।

सोमबार बिहान सिमरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्ने बेला देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता जोखिममा थियो । मधेश र पहाड एक आपसमा भिडेर देश नै भीडन्तमा जाने त होइन ? भन्ने परिस्थिति थियो । तर, मैले दस महिनामा जुन काम गरें, त्यसबाट एमालेका साथीहरु पनि मलाई प्रधानमन्त्री नछोड भन्ने ठाउँमा आई पुगे । मलाई लम्पसारवादी भन्ने साथीहरु नै ठूलठूला षड्यन्त्र चिरेर स्थानीय तह र स्थानीय चुनाव गरेपछि राजनेता तपाईं नै हो भन्न थाले । यो सामान्य मेहेनतले भएको होइन ।’

‘माओवादीकै नेतृत्वमा निजगढ विमानस्थल बन्दैछ, फास्टट्रयाक बन्दैछ, हुलाकी मार्ग बन्दैछ’, प्रचण्डले भने, ‘७।५५ आर्थिक वृद्धि, मूल्य नियन्त्रण, विकास आयोजनाहरुमा तिब्रता, लोडसेडिङको अन्त्य जस्ता काम भएका छन्, यसलाई इतिहासले भुल्ने छैन ।’

प्रचण्डले भने, ‘अहिले देशमा दुई खाले अतिवादीहरु छन् । एउटा अतिवादले पहाडलाई मात्र देख्छ, अर्को अतिवादले मधेशलाई मात्र देख्छ । हामी यी दुवै अतिवादको विपक्षमा छौं, राष्ट्रिय एकताको पक्षमा छौं ।’

राजपा केन्द्रीय सदस्य सहित ५०० जना प्रवेश
कार्यक्रममा राष्टिय जनता पार्टी (राजपा) परित्याग गरी केन्द्रीय सदस्य योगानन्द चौहानसहित ५०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै राजपाका केन्द्रीय सदस्य चौहानले ‘मधेशवादी दलले मधेशी जनताको भावनालाई किनबेच गरेको बताए ।

उनले भने, ‘हामी मधेश र मधेशी जनताको अधिकारका लागि लाग्यौं । तर, नेताहरुले हाम्रो भावनाको व्यापार गरे, मधेशको मुक्तिका नाममा आफ्नो स्वार्थ पुरा गरे । हिमाल, पहाड, मधेश र जाति, जनजातिको अधिकार चाहने एक मात्र पार्टी भएकाले म माओवादीमा प्रवेश गरें ।’

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Jaya Timsina

    Thulaihouni pahilo sambidhansabhama thulo bhaekai hou,Girijababulai rastrapatiko lalipap dekhaera uttanochit pareu tetile napugera Madhab comredlai jillyaudai bichara rastrabadi neta a Ramraja singhlai budeskalma ulkyaera chit khwaekai hau ani thulai nabhaera kehunu aba halka pmlai kahapuryaunehau,feri madhesinetalai jhukyaudaichhau je gara deshchahi bhadragol bhaisakyo tyasko hekka khoi bhagawan lendup chahi nabanaideu prabhu.Jaya hos hami Nepaliko.

    Comment Author

    Debendra Thapa

    नेपाललाई सकेसम्म सिक्किमिकरण गर्ने नभए आर्थिक रुपमा अस्थबय्स्थ बनाएर असफल देश को दर्ज गराएर भारतमा विलय गराउने प्रचण्ड को गुरुयोजना हो यसमा प्रचण्ड का हनुमान बाहेक सबैमा चेतना छ।जातियताको बीस रोपेर अब रुवाणडा बनाउदैछ।

    Comment Author

    Aq Suman

    भनेको त हो तर आफेई लम्पसार भैइ गयेउ

    Comment Author

    Lekhnath Subedi

    कुन चाहिँ गधा ले भनेछ कि यो बोउलायो

    Comment Author

    Chitra Babu Pun

    lampsar nai ho

    Comment Author

    Sunil Dawadi

    बेला बेला रङ्गफेर्ने लम्पसारबादी छेपारो ।

    Comment Author

    Rishi Ram

    jangali lampasar baadi nai ho

    Comment Author

    Bikash Khatri

    Ta lampasar badi lai lamapasar navane k vanni taileta birsies hola 17000 ko balidan tara jun aamko kokh ritiyekoxa talai tehi aamle sarap gari raheko xan kinaki jun xatile goli thapera tajasta dalal lai marna bata bachayo tehi xatiko goli nikalna nasakera ahile xatpatai raheko ti bir yoda lai dekhekoxas taile talai k ko matlab hijo kaha this ahile mahalma moj garrkoxas taile dukha garera kamayeko samapati hora lutera vrastachar garera kamayeko samapatima moj garera ajai janatalai xaro haldaixas dalal

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?