लम्साललाई टानको अध्यक्षको उम्मेदवार बनाएकोमा सर्वत्र स्वागत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
लम्साललाई टानको अध्यक्षको उम्मेदवार बनाएकोमा सर्वत्र स्वागत

सारांश

  • काठमाडौं  ।
  • वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साललाई प्रजातान्त्रिक तथा स्वतन्त्र व्यवसायीहरुको तर्फबाट टानको अध्यक्ष पदको उम्मेदवार बनाएपछि पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।
  • लम्साललाई पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था, आरोही, सिनियर क्राउड, जातीय संगठन र पर्यटन विज्ञहरुले समर्थन गर्ने बताइसकेका छन् ।

काठमाडौं  । वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साललाई प्रजातान्त्रिक तथा स्वतन्त्र व्यवसायीहरुको तर्फबाट टानको अध्यक्ष पदको उम्मेदवार बनाएपछि पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । लम्साललाई पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था, आरोही, सिनियर क्राउड, जातीय संगठन र पर्यटन विज्ञहरुले समर्थन गर्ने बताइसकेका छन् ।

यसका साथै पर्यटन क्षेत्रमा भोट बैंकका रुपमा रहेका वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे, विक्रम पाण्डे, विक्रम न्यौपाने, आङछिरिङ शेर्पा, भरत बस्नेतलगायतको ठूलो समूहले लम्सालाई समर्थन गरेका छन । विगत लामो समयदेखि टानमा व्यावसायिक नेतृत्वको अभाव खड्किरहेको अवस्थामा पर्यटन क्षेत्रलाई राम्रोसँग बुझेका लम्साललाई उम्मेदवार बनाएको भन्दै सबैले समर्थन गरेको बुझिएको छ ।

लामो समयदेखि टानमा राजनीति हाबी हुँदा टान र समग्र पदयात्रा व्यवसायीहरुको हितमा काम हुन नसेको, दिनप्रतिदिन टानको साख समेत गिर्दै गएको भन्दै गुनासो गर्दै आएका थिए भने नेपाल पर्यटन बोर्डसहित अन्य नियमकारी निकायहरुसँग समेत समन्वय गर्न नसकेको भन्दै व्यापक आलोचना हुदै आएको थियो । पदयात्रा व्यवसायी र तिनका समस्यालाई बुझ्न सक्ने व्यक्तिको रुपमा लिइएको लम्सालाई टानमा पठाएपछि ती समस्याहरु सुल्झनेमा समेत उनीहरु आशावादी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?