ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
३७ पटक हेरिएको
Shares
ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि

सारांश

  • ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका चिरिबाबु महर्जन दोब्बरभन्दा बढी मतले अगाडि छन् ।
  • मंगलबार अपरान्ह साढे ४ बजेसम्म १५ हजार ३१६ मत गणना हुँदा महर्जनले ८ हजार ५३४ मतसहित अग्रता लिएका छन् ।
  • उनलाई नेकपा एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार ७८५ मतका साथ पछ्याइरहेको छ ।

ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका चिरिबाबु महर्जन दोब्बरभन्दा बढी मतले अगाडि छन् । मंगलबार अपरान्ह साढे ४ बजेसम्म १५ हजार ३१६ मत गणना हुँदा महर्जनले ८ हजार ५३४ मतसहित अग्रता लिएका छन् ।

उनलाई नेकपा एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार ७८५ मतका साथ पछ्याइरहेको छ । उपप्रमुखमा एमालेका उम्मेदवारको अग्रता छ । एमालेकी उम्मेदवार मन्जली शाक्यले ४ हजार ३३५ मतले ल्याएकी छिन् । गठबन्धनबाट माओवादीका बाबुराज बज्राचार्यले २७९४ मत मात्र पाएका छन् । यस्तै उपप्रमुखमा राप्रपाकी स्वर्निमा शाक्यले १४२४ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?