‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर

सारांश

  • काठमाडाैं, २१ मंसिर ।
  •  फेसबुकमा जोडिएको एउटा अनौपचारिक समूह ‘एक रुपैयाँ देउ टोली’लाई आएको एउटा फेसबुक म्यासेजबाट सुरु भएको निर्मला पन्तको पोष्टर एक हप्ता पुग्दा नपुग्दै देशका भित्ता भित्तामा पुगिसकेको छ ।
  • सुदूर पश्चिमको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा न्याय माग्न भन्दै बनाइएको पोष्टर प्रहरीले च्यात्न थालेको सार्वजनिक भएपछि त्यसले अधिकारीहरूमाथि पारेको प्रभाव प्रष्ट भएको छ ।

काठमाडाैं, २१ मंसिर । फेसबुकमा जोडिएको एउटा अनौपचारिक समूह ‘एक रुपैयाँ देउ टोली’लाई आएको एउटा फेसबुक म्यासेजबाट सुरु भएको निर्मला पन्तको पोष्टर एक हप्ता पुग्दा नपुग्दै देशका भित्ता भित्तामा पुगिसकेको छ । सुदूर पश्चिमको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा न्याय माग्न भन्दै बनाइएको पोष्टर प्रहरीले च्यात्न थालेको सार्वजनिक भएपछि त्यसले अधिकारीहरूमाथि पारेको प्रभाव प्रष्ट भएको छ ।

एक रुपैयाँ देउ टोलीका एक सदस्य विक्रम केसीका अनुसार गत बुधवार राती कुरै कुरामा निर्मला पन्तको पोष्टर बनाउने निर्णय भयो । खासमा त्यो टोलीलाई एउटा फेसबुक सन्देशले झक्झक्याइदिएको थियो । सन्देश थियो- ‘विवादास्पद’ अन्तर्राष्ट्रिय सम्मेलनका लागि काठमाडाैं ठाउँ ठाउँमा टाँसिएका प्रधानमन्त्री केपी ओली र अन्यका फोटाहरूमाथि निर्मला पन्तको फोटो टाँसेर न्यायका लागि दबाब बढाउने । टोलीले आफ्नै खल्तीबाट पैसा हालेर ३० थान फ्लेक्स २०० पोष्टर बनायो ।

निर्मला पन्तकी बहिनी आफ्नी दिदीको पोष्टर टाँस्दै

१८ जनाको टोली काठमाडाैं भक्तपुर र पाटनमा बाँडिएर बिहीवार राती पोष्टर र फ्लेक्स टाँग्न व्यस्त रह्यो । त्यो अधिकारीहरूका लागि टाउको दुखाइ बनिदियो । पोष्टरमा आकर्षक नारा पनि छ: “सरकार भेटियो तर न्याय भेटिएन”भन्ने । केसीका अनुसार उनी स्वयंले खासमा ‘सरकार भेटियो तर न्याय हरायो’ भन्ने नारा प्रस्ताव गरेका थिए । त्यसमाथि छलफल भएर अन्तिम रुप दिइयो ‘सरकार भेटियो तर न्याय भेटिएन’ भन्ने । पोष्टरहरू सवारी साधनमा टाँसिए ।

त्यसरी टाँसेका पोष्टरहरू प्रहरीले च्यातेका तस्बिरहरू सार्वजनिक भए । प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, “प्रहरीको पोष्टर च्यात्ने नीति होइन आदेश पनि दिएको छैन ।” तर गत हप्ता काठमाडाैंमा भएको एक विवादास्पद अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी ओली लगायतका ठूल्ठूला पोष्टरहरू टाँसिएका थिए । ती पोष्टरमाथि अभियानकर्ताहरूले निर्मलाको पोष्टर टाँसिदिएपछि त्यो “अशोभनीय भएको र त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि नराम्रो सन्देश जाने भएकाले स्थानीय प्रशासनले त्यो रोक्न खोजेको” प्रवक्ता सुवेदीले बताए । पोष्टरको स्केचको डिजाइन इन्टरनेटबाट निकालिएको र त्यो स्केच स्कृष्णगोपालले बनाएको उनले बताए । त्यसैक्रममा “आक्रोशित” अभियानकर्मीलाई पक्राउ गरिएको र पछि छोडिएको उनले बताए ।

पोष्टरको माग देशका विभिन्न भागबाट आउन थालेपछि उनीहरूले गुगल ड्राइभबाट सबैलाई डिजाइनमाथि पहुँच दिए । देशभर स्वतस्फूर्त रुपमा सबैले आ-आफै पोष्टर बनाएको केसीले बताए ।निर्मलालाई न्याय माग्ने काममा सबैले जिम्मेवारी महसुस गरुन् भनेर पहिले त पोष्टरबारे उनीहरूले कसैलाई बताएनन् । तर ‘राजनीतिक पार्टीले नियोजित रुपमा गरेको भन्ने जस्ता आरोप आएपछि’ आफूहरू पोष्टरबारे जानकारी सार्वजनिक गर्न तयार भएको केसीले बताए ।

पोष्टरपछि स्टिकरको माग आउन थाल्यो । आफ्नै खल्तीका पैसा खर्च गरेर २२५ स्टिकर बनाएर उनीहरूले गत शनिवार भृकुटीमण्डपमा भेटघाट आयोजना गरे । स्टिकर, पोष्टर र फ्लेक्स बनाउँदा लागेको खर्च १८ जनाको समूहमा बाँडदा प्रतिव्यक्ति ५३२ रुपैयाँ परेको केसीले बताए । त्यसपछि स्टिकरको माग आयो त्यसलाई पनि उनीहरूले गुगल ड्राइभ मार्फत् बाँडन थाले । आफूहरूले बनाएको स्टिकरले निर्मलालाई न्याय दिने कुरामा दबाब बढाउने माध्यम बनेकोमा आफूहरू उत्साहित बनेको केसीले बीबीसीलाई बताए । कञ्चनपुरमा एउटी किशोरीको बलात्कार त्यसपछि हत्या भयो । महिलाहरूमाथि यस्ता ज्यादती दैनन्दिन रुपमा धेरै हुने गरेका प्रहरीका रेकर्डले देखाउँछन् । त्यसरी हिंसामा पर्ने धेरै आफ्नो र परिवारको इज्जत जाने डरले अगाडि आउँदैनन् । कति यस्ता केसहरू प्रहरीको मध्यस्थतामा “मिलाउने” गरिएको बताइन्छ ।

अभियानकर्ताहरू भन्छन्, कति पीडितहरू पीडकहरूको पैसाको थुप्रोका कारण मुख सिलाउँछन् । निर्मला पन्तको काण्ड एउटा त्यस्तो काण्ड बनेर आएको छ जसमा आमा, बाबु र बहिनी सार्वजनिक रुपमै न्यायको माग गरिरहेका छन् । न्याय माग्दै कञ्चनपुर, काठमाडाैं र देशका अन्य भागमा पटक पटक प्रदर्शन र नाराबाजी हुँदै आएको छ । विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरू समेत सहभागी हुँदै आएका छन् । विरोध गर्नेहरूले गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग्दै आएका छन् । हत्या भएको चार महिना बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको तीब्र आलोचना हुँदै आएको छ । निर्मलाका बाबुआमाले धर्ना बसेका छन् । धर्नाकै क्रममा बाबु बिरामी परेपछि काठमाडाैं ल्याएर उनको उपचार भइरहेको छ । बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम्जनलाई पक्राउ नगरेकोमा कोमल ओलीको आपत्ति
बम्जनलाई पक्राउ नगरेकोमा कोमल ओलीको आपत्ति
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी
महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
कर्मचारीको तलब बढ्छ:  रिमाल
कर्मचारीको तलब बढ्छ: रिमाल
कांग्रेसद्वारा वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई
कांग्रेसद्वारा वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई
अक्सिजनमा बढाइएको मूल्य फिर्ता
अक्सिजनमा बढाइएको मूल्य फिर्ता
ओली झन्डै हार्माेनियम बजाउन बसेका !
ओली झन्डै हार्माेनियम बजाउन बसेका !
भोजपुरमा माओवादीको अग्रता बढ्दै
भोजपुरमा माओवादीको अग्रता बढ्दै
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

तपाईंले छुटाउनुभयो कि?