विश्वकप फुटवल हेर्ने क्रममा वडा सदस्यले गरे चक्कु प्रहार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
विश्वकप फुटवल हेर्ने क्रममा वडा सदस्यले गरे चक्कु प्रहार

सारांश

  • अस्बिन खड्का, ८ असार।
  • मोरङको उर्लाबारी – ५ को एरोमा होटलमा  विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् ।
  • बिवाद हुँदा उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहेका अन्दाजी ४० वर्षिय सचिन शाक्यले चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बिशाल तामाङ घाईते भएका हुन् ।

अस्बिन खड्का, ८ असार। मोरङको उर्लाबारी – ५ को एरोमा होटलमा  विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् ।

बिवाद हुँदा उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहेका अन्दाजी ४० वर्षिय सचिन शाक्यले चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बिशाल तामाङ घाईते भएका हुन् ।

घाईते तामाङको बिर्तामोड को बिएण्डसी हस्पिटलमा उपचार भईरहेको छ । दुई जना बीच के विषयमा बिवाद भएको भन्ने खासै खुल्न नसके पनि हिजो को अर्जेन्टिना को हार भएको कुरामा विवाद हुन थाले पछी घटना भएको हो ।

चक्कु प्रहार गर्ने शाक्य फरार रहेका छन् । उनको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

घाईते तामाङ मोरङ – ११ बाट फुटवल खेल्ने गर्दछन् । चक्कु प्रहार गर्ने शाक्य तरुण दल मोरङको सचिव र उर्लाबारी जेसिजको अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Khushila Pun

    Teslai nilamban garnu parchha !

    Comment Author

    Tek Rakash

    Stupid chairman

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?