लागूऔषसहित यादव पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
४० पटक हेरिएको
Shares
लागूऔषसहित यादव पक्राउ

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
  • परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आज बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौँ, २४ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आज बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो । पक्राउ यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले बल्खु इलाकाबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ यादवसँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?