लामो समयपछि नेकपाको जिल्लास्तरको एकीकरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
१५ पटक हेरिएको
Shares
लामो समयपछि नेकपाको जिल्लास्तरको एकीकरण

सारांश

  • इलाम।
  • केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समयपछि नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले इलाममा एकीकरण सकेको छ।
  • नेकपाले मङ्गलबार बैठक बसेर जिल्लास्तरका पदाधिकारीको अन्तिम टुङ्गो लगाएको हो।
इलाम। केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समयपछि नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले इलाममा एकीकरण सकेको छ। नेकपाले मङ्गलबार बैठक बसेर जिल्लास्तरका पदाधिकारीको अन्तिम टुङ्गो लगाएको हो। नेकपाले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव गरी चार पदमा पदाधिकारी टुङ्ग्याएको छ भने प्रदेश र स्थानीयस्तरमा इञ्चार्ज र अध्यक्ष फरक–फरक पार्टीको पर्ने गरी मिलाइएको छ।
नेकपाको पदाधिकारीमा प्रतिनिधिसभाका दुई क्षेत्रमा पूर्व एमालेका पदाधिकारी अध्यक्ष पदमा चुनिएका छन् भने प्रदेशमा चार प्रदेशमा दुई-दुई वटामा एमाले र पूर्व माओवादी केन्द्रको भागबन्डा गरिएको छ। यस्तै स्थानीयस्तरमा भने ८१ वडामध्ये ५२ वडामा पूर्वएमालेका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् भने बाँकी २९ वडामा पूर्वमाओवादी केन्द्रका पदाधिकारी इञ्चार्जमा चुनिएका छन्।
नेकपाको प्रतिनिधिसभामा कमिटीमा क्षेत्र नं १ मा पूर्वएमालेका नेता टेकबहादुर राई र क्षेत्र नं २ मा पनि एमालेकै ओमनारायण खनाल अध्यक्षमा चुनिएका छन् भने क्षेत्र नं १ मा पूर्वमाओवादीका राजकुमार राई र क्षेत्र नं २ मा कुमार बराइली  चयन भएका छन्।
यस्तै १० स्थानीय तहमध्ये तीन स्थानीय तहमा मात्र एमालेका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् भने बाँकी सात स्थानीय तहमा माओवादीका पदाधिकारी चुनिएका छन्। नेकपा कार्यालय सचिव नवराज शङ्करका अनुसार इलाम नगरपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा मात्र इञ्चार्जमा एमाले चुनिएको छ भने बाँकी स्थानीय तहहरू देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजागमाई गाउँपालिका, रोङ गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा माओवादीका पदाधिकारी इञ्चार्ज चुनिएका छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?