आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा
सारांश
- काठमाडौं ।
- आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता यही चैत २७ गते हुने निश्चित भएको छ ।
- राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन हुने जानकारी दिए ।
काठमाडौं । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता यही चैत २७ गते हुने निश्चित भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन हुने जानकारी दिए । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेसमेत जानकारी दिए ।
नेपालगञ्जमा आयोजित समन्वय बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव विष्टले यही चैत १५ गते बस्ने बोर्ड बैठकले यसबारे टुंगो लगाउने बताए । चैत १५ गते बस्ने परिषद्को बोर्ड बैठकले समयबारे औपचारिकरुपमा निर्णय गरी सार्वजनिक गर्ने बताए ।
मध्यपश्चिम खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगञ्ज रंगशाला मैदान, सोही स्थानमा ६ हजार ५ सय क्षमताकोदर्शक प्यारापिट, नेपालगञ्जमै सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट र कपिलवस्तुमा कुस्तीका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको जानकारी गराए ।
प्रतिक्रिया