लिखित जवाफसहित उपस्थित हुन दुर्गा प्रसाईंलाई अदालतको आदेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २, २०७६
|
|
२८ पटक हेरिएको
Shares
लिखित जवाफसहित उपस्थित हुन दुर्गा प्रसाईंलाई अदालतको आदेश

सारांश

  • काठमाडाैं।
  • घुस मागेको आरोप लगाउने बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको छ।
  • आज काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई लिखित जावफसहित २१ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको हो।

काठमाडाैं। घुस मागेको आरोप लगाउने बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको छ। आज काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई लिखित जावफसहित २१ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको हो।

प्रसाईंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गरेका थिए । प्रसाईंले डा. गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका थिए।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंको आरोप खण्डन गर्दै मंगलबार  काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानीको मुद्दा दर्ता गरेका थिए।   गिरीको मुद्धाका आधारमा अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले प्रसाईलाई अनुसन्धानका लागि लिखित जवाफसहित अदालतमा हाजिर हुन आदेश दिएको अदालतका अधिकृत टीका सिं खत्रीले जानकारी दिए।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?