इमर्जेन्सीमा बिरामी कराइरहन्छन् तर डाक्टर आउँदैनन् !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • गौशाला, ६ जेठ ।
  •    महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् ।
  • अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् ।

गौशाला, ६ जेठ ।   महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् ।

अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् ।

अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्छन् र यसैगरी बिरामी दिक्क भएर अन्य अस्पताल वा बाहिर जाने गर्छन् ।

शनिबार जिल्ला अस्पताल जलेश्वरमा आमा बिरामी भएर जँचाउन गएका जलेश्वर–२ बस्ने सञ्जित चौधरीले आमा सिकिस्त भएको भन्दै इमर्जेन्सीमा खटिरहेका स्वास्थ्यकर्मीलाई डाक्टरलाई बोलाइदिन आग्रह गर्दा डाक्टर नआएपछि उनले सञ्चारकर्मीलाई भनेपछि यो रहस्य खुलेको हो ।

बिहानैदेखि आमा बिरामी भएर अस्पताल पुगेका चौधरीले जिल्लाका पत्रकार, प्रशासन र अन्य ठाउँमा इमर्जेन्सीमा डाक्टर नबसेको र फोन गर्दासमेत नटेरेको जानकारी गराएपछि जिल्ला अस्पताल प्रमुख डा राजीव झा चारैतिरबाट फोन आएपछि आफैँ केही घण्टापछि बिरामी जाँच्न पुगेका थिए ।

यो एकदिन वा दुईदिनको घटना होइन । त्यहाँका डाक्टर सधैँ त्यस्तै गर्ने गरेको जिल्ला अस्पतालका अन्य कर्मचारीले नाम नछाप्ने शर्तमा बताए साँघु साप्ताहिकमाम खवर छ । उनीहरुले कुनै भिआइपी वा उनका घरपरिवारका कोही बिरामी भएमा उनले आफैँ डाक्टरलाई फोन गरेपछि मात्रै डाक्टर आउने गरेको बताए । तर सामान्य नागरिक बिरामी भएर अस्पताल पुग्दा प्रायः डाक्टर नआउने र विभिन्न बहाना बनाएर बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।

यस सन्दर्भमा जिल्ला अस्पतालका प्रमुख डा झालाई फोन गर्दा उनले बिरामी वा बिरामीका आफन्तले पत्रकारलाई फोन गर्दैमा डाक्टर त्यहाँ आउने हो र ? भनी जवाफ दिए ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा छजना मेडिकल अधिकृतको दरबन्दी रहेकामा कार्यालय प्रमुख डा राजीवकुमार झा स्थायी हुन् भने अन्य छजना डाक्टर करारमा खटिरहेका छन् । तर बिरामीको उपचारका लागि खोजेको बेला इमर्जेन्सीमा डाक्टर भेटिदैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति
चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति
सत्तापक्षलाई ‘झस्काउने’ सभामुखको निर्णय जसले अधिकार कटौतीको प्रस्ताव ल्यायो
सत्तापक्षलाई ‘झस्काउने’ सभामुखको निर्णय जसले अधिकार कटौतीको प्रस्ताव ल्यायो
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
पहिराले छको मृत्यु
पहिराले छको मृत्यु
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?
पप्पु कन्स्ट्रक्सनले कमला नदीमा पुल नसकेपछि अनसन शुरु
पप्पु कन्स्ट्रक्सनले कमला नदीमा पुल नसकेपछि अनसन शुरु
नेपाल विद्युत प्रधिकरणका कर्मचारी तास खेलेर बसेपछि !
नेपाल विद्युत प्रधिकरणका कर्मचारी तास खेलेर बसेपछि !
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?