सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर जाने बाटो खुला
सारांश
- काठमाडौं ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर जाने बाटो खुला गरिएको बताएका छन् ।
- अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा सरकारले खटाएको ठाउँमा नजानेलाई कार्वाहीको व्यवस्था राखिएको बताए ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर जाने बाटो खुला गरिएको बताएका छन् । अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा सरकारले खटाएको ठाउँमा नजानेलाई कार्वाहीको व्यवस्था राखिएको बताए ।
झापाको भद्रपुरमा जिल्ला समन्वय समितिले आयोजना गरेको ‘स्थानीय सरकारका उपलब्धि र चुनौती’ विषयक कार्यक्रममा मन्त्ती पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर जाने बाटो खुला गरिएको बताए ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रियामा मन्त्री पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई घर फर्कने बाटो खुला गरी समायोजन अध्यादेश ल्याउन लागिएको बताए । कर्मचारीले झनै जनताको सेवामा समर्पित भएर काम गर्नुपर्ने बताए ।
चेकमा हस्ताक्षर गर्न पाएनौँ भनेर गुनासो गर्ने नगरपालिका र गाउँपालिकाका उपप्रमुख, वडाध्यक्षलाई पहिलेकै सिंहदरबारले जस्तो शासक बनेर मनलाग्दी गर्ने छुट कसैलाई नहुने भएकाले चेकमा हस्ताक्षर गर्ने रहर नगर्न बताए ।
प्रतिक्रिया