लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
५९ पटक हेरिएको
Shares
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन

सारांश

  • काठमाडाै, १७  साउन ।
  • पत्रकार पेशामा लामो समय देखि काम गरि रहेका र हाल सम्म पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्र वाट अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ ( INJA) गठन गरेको घोषणा गरेकाे छ ।
  • संघीय अवधारणा को मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ ।

काठमाडाै, १७  साउन । पत्रकार पेशामा लामो समय देखि काम गरि रहेका र हाल सम्म पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्र वाट अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ ( INJA) गठन गरेको घोषणा गरेकाे छ । संघीय अवधारणा को मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ । पत्रकार भेटघाट कार्यक्रम मार्फत पत्रकार गुणराज लुईटेलको अध्यक्षतामा समिती गठन गरेको जनाउदै विदेशी पत्रकारहरुलाई समेत समेट्दै सल्लाहकारमा नियुक्ति गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्ह ( INJA) बिधिवत रुपमा दर्ता भएको छ भने गैर नाफामूलक यो सस्था अमेरिकाको सघिय तथा राज्य सरकारमा दर्ता भएको जनाईएको छ ।

बिश्व भरी छरिएका नेपाली भाषी पत्रकार , सन्चारकर्मीहरु तथा पत्रकारहरुका छाता सङ्गठनहरुलाई एक सुत्रमा बाधी उनीहरुको क्षमता अभिबृदी गर्ने , त्यस मूलुकको मूल सन्चार क्षेत्रमा आबद्ध गराई ब्यबसाहिक पत्रकारिताका लागी पहल र सहयोग प्रदान गर्ने जस्ता उद्देश्य लिएको पत्रकार भेटघाटमा जानकारी दिएका छन । कुनै सस्था फुटेर नयाँ सस्था स्थापना गरीएको नभएर बिशुद्द रुपमा नेपाली पत्रकारिता जगतलाई ब्यबसायिकरुपले उनीहरुको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्नका लागी नै स्थापना गरीएको सस्थाका एक पहलकर्ता सुनिल मणी दाहालले जानकारी गराए ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ ( INJA)ले बुधवार अगस्त १ तारिख अमेरिकाको भर्जिनिया राज्य स्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी सस्थाको बारेमा बिस्तृत जानकारी गराएकाे छ् ।समितिमाअध्यक्ष गुणराज लुइँटेल सर्ब सम्मति बाट चयन भएका छन् ।

 समितिमा अध्यक्षमा  गुणराज लुइँटेल लगायत  यस प्रकार रहेका छन् ।

बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत रहेका छन्। उप सभापतिहरुमा सुनिल मणि दाहाल ,अमेरिका ,बिष्णु शितल अमेरिका ,टंक पन्त ,एसिया ,मन ऋषि धिताल अस्ट्रेलिया ,अनुराधा पौडेल युरोप तथा डा किस्मत भण्डारी क्यानडा रहेका छन् । यसै गरि महा सचिवमा अमेरिकाका शिव बिष्ट ,सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजन ताम्राकार चयन भएका छन् ।

यसै गरि संचार निर्देशकमा विजय थापा ,संगठन निर्देशकमा किशोर सापकोटा ,नीति निर्देशकमा बिष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनित भएका छन । यसै गरि समिति सदस्यहरुमा अमेरिकाबाट भुपेन्द्र थापा ,बिश्वराज थापा ,दोव ढकाल ,अंकुश नेपाल ,तारा भट्टराई ,पुनम पौडेल रहेका छन् भने दुवई बाट सुबाश शर्मा ,नेपाल बाट कृष्ण ढुंगाना तथा ओमान बाट बिनेश खनाल रहेका छन् । यसै गरि साउदी अरब बाट तेज बहादुर थापा ,अमेरिका बाट सर्बज्ञ वाग्ले ,स्विटजर् ल्याण्डबाट विजय शर्मा दर्पण ,अमेरिका बाट राजिव श्रेष्ठ ,सरोज केसी ,श्रीजना उप्रेती ,उमेश शर्मा ,पूर्ण बराईली तथा सुनिल हुमागाई रहेका छन् ।

यसै गरि सल्लाहकारहरुमा हरि अधिकारी ,शेखर ढुंगेल ,जर्ज मेसन बिश्व बिद्यालयका प्रा क्रिस्टोफर जे फरेल ,सहायक प्रा जेफ साउथ ,एसपीजे का रबिन सिडरस्कि ,नेपाल पत्रकार महा संघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा घमराज लुइँटेल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
तुलसी रोपेर हरिशयनी एकादशी मनाइदै, यस्तो छ तुलसी रोप्नुको धार्मिक कारण
तुलसी रोपेर हरिशयनी एकादशी मनाइदै, यस्तो छ तुलसी रोप्नुको धार्मिक कारण
स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति
स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
India’s Manushi Chillar crowned Miss World 2017
India’s Manushi Chillar crowned Miss World 2017
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
सर्पदंश विरुद्ध सुई वितरण
सर्पदंश विरुद्ध सुई वितरण
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल