आजैदेखि विकसित देश बनाउने प्रण गरौं : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आजैदेखि विकसित देश बनाउने प्रण गरौं : प्रधानमन्त्री

सारांश

  • हुम्ला, १ बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन् ।
  • हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने बताए ।

हुम्ला, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन् ।

हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने बताए । ‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भने, “पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं ।’’

प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउँको महत्व उत्तिकै रहेको बताए । ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ”, प्रधानमन्त्रीले भने, ‘‘सबै ठाउँको महत्व आ–आफ्नै छ ।”

प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउँदै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए । कर्णालीबाट जडिबुटीको प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।

सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गरेका थिए । स्थानीयका माग पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता दिलाएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Durga Adhikari

    Jhapa bidroha dekhi 2074 pani sakiyo. Bikase prana kaka ko. Aba bikase rail kudaune ani …

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?