बालेनको अग्रता बढ्दै, स्थापित तेस्राे

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
२९ पटक हेरिएको
Shares
बालेनको अग्रता बढ्दै, स्थापित तेस्राे

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्।
  • पछिल्ले मतपरिणाम अनुसार बालेन ५ हजार २ सय १४ मतसहित निकै अगाडि छन्।

काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। पछिल्ले मतपरिणाम अनुसार बालेन ५ हजार २ सय १४ मतसहित निकै अगाडि छन्।

उनलाई कांग्रेसकी सृजना सिंहले पछ्याइरहेकी छन्। सिंहले ३ हजार ७ सय ४० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। स्थापितले २ हजार ८ सय ३३ मत पाएका छन्। यसअघि स्थापित दोस्रो नम्बरमा थिए।

उता उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्। उनले ३ हजार ३ सय ८४ मत पाउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ९ सय ९२ मत पाएका छन्।

यस्तै राप्रपाकी उम्मेदवार बिनिता मगैयाल ७ सय ६० मत पाउँदा विवेकशील साझाका कीर्ति तुलाधरले १ सय ५७ मत पाएकी छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?