बालेन साहको पहिलो निर्णय : नगरसभा बैठक लाइभ गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
बालेन साहको पहिलो निर्णय : नगरसभा बैठक लाइभ गर्ने

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन् ।
  • राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

काठमाडौं। काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन् । राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । आज अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यसअघि नै चुनावी प्रचार प्रसारका दौरान साहले मेयरमा निर्वाचित भएपछि नगरकार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका थिए ।

१६२ जना नगर कार्यसमिति रहेको काठमाडौं महानगरपालिकामा १६० जना मात्र निर्वाचित भएका छन् । वडा नम्बर २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उक्त पद रिक्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?