लेउवा संघको निर्वाचनका लागि उमेदवारी दर्ता,भट्टराइ र धमला निर्विरोध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
१६ पटक हेरिएको
Shares
लेउवा संघको निर्वाचनका लागि उमेदवारी दर्ता,भट्टराइ र धमला निर्विरोध

सारांश

  •  लेखनाथ उद्योग बाणिज्य संघको ११ औ महाधिवेसनबाट नयाँ नेतृत्व चयनका लागि तोकिएको असोज २८ गतेको निर्वाचन अन्तगत वुधवार उमेदवारी मनोनयन दर्ता भएकोमा सस्थागत सदस्य तर्फ लेखनाथ हार्डवयर एसोयिसनका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई र एशोशियट सदस्य तर्फ वाटिका ईन्भेष्टमेन्ट कम्पनी प्रा लीका प्रशान्तराज धमला निर्विरोध निर्वाचित भएका छन् ।
  • सस्थागत तर्फ निर्विरोध भएका शैलेन्द्र मोहन भट्टराइ नेशनल एफ एमका अध्यक्ष समेत हुन्।
  • अध्यक्षपदका लागि वर्तमान प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी र दुई कार्यकाल सदस्य पदमा रहेर काम गरेका भगवती हाईडोपावरका निर्देशक ईन्जिनियर वशन्त मोहन भटराईको उमेदवारी परेको छ ।
 लेखनाथ उद्योग बाणिज्य संघको ११ औ महाधिवेसनबाट नयाँ नेतृत्व चयनका लागि तोकिएको असोज २८ गतेको निर्वाचन अन्तगत वुधवार उमेदवारी मनोनयन दर्ता भएकोमा सस्थागत सदस्य तर्फ लेखनाथ हार्डवयर एसोयिसनका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई र एशोशियट सदस्य तर्फ वाटिका ईन्भेष्टमेन्ट कम्पनी प्रा लीका प्रशान्तराज धमला निर्विरोध निर्वाचित भएका छन् । सस्थागत तर्फ निर्विरोध भएका शैलेन्द्र मोहन भट्टराइ नेशनल एफ एमका अध्यक्ष समेत हुन्। अध्यक्षपदका लागि वर्तमान प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी र दुई कार्यकाल सदस्य पदमा रहेर काम गरेका भगवती हाईडोपावरका निर्देशक ईन्जिनियर वशन्त मोहन भटराईको उमेदवारी परेको छ । भण्डारी र भटराई राजनितिक रुपमा एउटै खेमाका भए पनि संघको चुनावका लागि छुटाछुटै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस पटक भएको विधान संशोधनले थपिएको वरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष वलराम ढकाल रसदस्य पदमा रहेर काम गरिसकेकी गीतादेवी सुवेदीको उमेदवारी परेको छ ।राजनितीक रुपमा पनि फरक खेमाका ढकाल भण्डारी समुहका हुन भने सुवेदी भटराई समुहकी हुन् ।यसैगरी प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय र पुर्व कार्यसमितिका सदस्य मेजर रामप्रशाद गुरुड्डको उमेदवारी पेरेको छ ।आत्रेयले भण्डारी समुहको प्रतिनिधित्व गरेका छन् भने मेजररामप्रशाद ले भटराई समुहको तर्पmबाट उमेदवारी दिएका हुन् । यता द्धितीय उपाध्यक्षमा अध्यक्ष पदका लागि चर्चामा आएका दयाराम तिवारी र बर्तमान कार्यसमितिका सदस्य विनोद श्रेष्ठका विच प्रतिस्पर्धा हुने भएको छ ।
संघको महासचिव पदमा दुवै हाडवर्यर व्यवसायी भएर पनि बर्तमान उप महासचिव भरतकुमार अधिकारी र बर्तमान कार्यसमितिका सदस्य ऋषिराम जमरकटेल छुटाछुटै प्यानलबाट चुनावी मैदानमा उत्रिएका छन् अधिकारी भण्डारी समुहका हुन् भने जमरकटेल भटराई समुहका हुन् ।त्यसैगरी उप महासचिवमा बर्तमान कार्यसमितिका सदस्य दामोदरभक्त थापा र बर्तमान कोषाध्यक्ष गोपिचन्द्र बास्तोलाको उमेदवारी परेको छ ।थापा भटराई समुहवाट र बास्तोला भण्डारी समुहबाट चुनावी मैदानमा उत्रिएका हुन् भने कोषाध्यक्ष पदका लागि बर्तमान कार्यसमितिका सदस्य,लेखनाथ हाडवर्यस एसोसियसनका सस्थापक अध्यक्ष राजेन्द्र ओझा र पुर्व कार्यसमितिका सदस्य सोमत बहादुुर श्रेष्ठको उमेदवारी परेको छ ।
ओझा भण्डारी र श्रेष्ठ भटराई समुहका हुन् ।विगतका बर्षहरुमा महिलाहरुका लागि एक आरक्षण सिटको ब्यवस्था भएकोमा यस पटक देखि महिला सदस्यको सख्या बढेकाले दुई महिला सदस्य पदका लागि तीन जनाको उमेदवारी परेको छ। जसमा जानुका अधिकारी,लक्ष्मी बास्तोला र राधा सापकोटा रहेका छन् ।विगतका चुनावमा अध्यक्ष र सदस्य पदका लागि चुनाव हुने र पदाधिकारी अध्यक्षबाट मनोनित गरिने ब्यवस्था रहेकोमा यस पटक सवै पदमा चुनाव हुने भए पछि सदस्य पदमा नयाँ अनुहारको प्रबेश हुुने देखिन्छ । आठ सदस्य पदका लागि १५ जनाको उमेदवारी परेको छ।जसमा भण्डारी समुहबाट अशोक बराल,भरतराज ओझा,भिमवहादुर नेपाली काईला,मेनुका श्रेष्ठ,रामजी पौडेल,सरोजराज अधिकारी,शिवप्रसाद भण्डारी र उपेन्द्रराज सुबेदी राजु रहेका छन् भने भटराई समुहवाट धिरज कुमार श्रेष्ठ,गणेश अधिकारी,मधुसुदन कोईराला,महेश्वर आचार्य,रमेशराज पौडेल,रुद्ररमण रेग्मी र सप्तनाथ कुवँर रहेका छन् ।
सदस्य पदमा उमेदवारी दिने सुवेदी र श्रेष्ठ बाहेक सवै नयाँ अनुहार हुन् ।चुनावी कार्यतालिका अनुसार असोज २१ गते अन्तिम नामावली प्रकाशन,असोज २६ गते उमेदवार परिचय र असोज २८ गते मतदान हुने निर्बाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिएका छन् । संघमा हाल एक हजार दुई सय ५५ मतदाता रहेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
फुटबल हारेको टिमजस्तो कांग्रेस-विश्वप्रकाश शर्मा
फुटबल हारेको टिमजस्तो कांग्रेस-विश्वप्रकाश शर्मा
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि
फागुन ६ गते मंगलबारको राशिफल यस्तो छ
फागुन ६ गते मंगलबारको राशिफल यस्तो छ
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आग्रह
चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के
चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के
सुन्दर युवती देख्नै नहुने पूर्वराष्ट्रपति
सुन्दर युवती देख्नै नहुने पूर्वराष्ट्रपति
रु एघार अर्बको व्यापार घाटा
रु एघार अर्बको व्यापार घाटा
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद

तपाईंले छुटाउनुभयो कि?