राष्ट्रपति कोलिन्दा, जो विश्वभर चर्चित बनिन्
सारांश
- काठमाडौं – विश्वकप फुटबलमा फ्रान्स र क्रोएसियाबीच भएको फाइनल खेलमा एक व्यक्ति निकै चर्चित बनेकी छिन् ।
- उनी हुन् क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिक ।
- विश्वकै सबैभन्दा कम जनसंख्या भएको क्रोएसियाकी राष्ट्रपति कोलिन्दाको विश्वभर चर्चा चलेको छ ।
काठमाडौं – विश्वकप फुटबलमा फ्रान्स र क्रोएसियाबीच भएको फाइनल खेलमा एक व्यक्ति निकै चर्चित बनेकी छिन् । उनी हुन् क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिक । विश्वकै सबैभन्दा कम जनसंख्या भएको क्रोएसियाकी राष्ट्रपति कोलिन्दाको विश्वभर चर्चा चलेको छ । उनले रसियामा भएको २१औं संस्करणमा आफ्नो देश सम्मिलित फुटबल कुनैपनि खेल नछुटाइ हेरिन् । उनले कुनै भिआइपी बस्ने ठाउँबाट नभएर सामान्य दर्शक बस्ने स्थानबाट आफ्नो देशको जर्सी लगाएर फूटबल हेरिन् ।
पहिलोपटक विश्वकपमा पुगको क्रोएसियाकी राष्ट्रपतिले आफ्ना देशका खेलाडीलाई निकै हौसला दिइन् । विश्वकप फाइनल खेलमा क्रोएसिया आफ्नो देश दोस्रो स्थानमा आएपछि रेफ्रीले सिठ्ठी फुक्दासाथ मैदानबाहिर रहेका फ्रान्सेली फुटबलका खेलाडी, प्रशिक्षक र टिम सदस्य मैदानमा छिरेर जितको रमाइलो थालेका थिए ।
आश्चर्यचकित पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोएसियाका खेलाडी धेरै निरास पनि देखिएनन् । उनीहरु निकै अनुशासित भएर हारको सामना गरिरहेका देखिन्थे । फ्रान्सको सर्मथनमा रहेका दर्शकमा जति खुसीयाली थियो, क्रोएसियाको समर्थन गरिरहेका दर्शक त्यति नै निराश थिए ।
खेल सकिनासाथ पुरस्कार वितरण समारोह सुरु हुनेबित्तिकै पानी पर्न थालेको थियो । उनीहरुलाई वर्षाले पनि स्वागत गरिरहेको थियो । क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई प्रशंसा गर्न वाध्य बनाइदियो ।
क्रोएसियाली राष्ट्रिय जर्सी लगाएर फ्रान्सेली राष्ट्रपति म्याक्रों, रुसी राष्ट्रपति पुटिन, फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोलगायत अन्य उच्च व्यक्तित्वसहित खेलाडी र अफिसियललाई पदक वितरण समारोहमा उपस्थित भएकी थिइन् ।
क्रोएसियाली राष्ट्रपति कोलिन्दा मुसलधारे पानीमा भिज्दै फ्रान्स र क्रोएसिया दुवै देशका खेलाडीलाई हाँस्दै र अंकमाल गर्दै हार्दिकतापूर्वक बधाइ दिएकी थिइन् । उनले आफ्नो देशका फूटबलका कोच, खेलाडी सबैलाई अंकमाल गर्दै रोएका खेलाडीको आँसु पुछिदिइन, अंकमाल गरिन् । उनको फोटो विश्वभर भाइरल बन्यो । राष्ट्रपति उनले खेलाडीलाई माया गर्दै उच्च प्रशंसा बटुलिन् ।
प्रतिक्रिया