लेखा अधिकृत माथि तीन करोड भ्रष्टाचारको आरोप !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
४६ पटक हेरिएको
Shares
लेखा अधिकृत माथि तीन करोड भ्रष्टाचारको आरोप !

सारांश

  • काठमाडौँ, २१ साउन ।
  • अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
  • लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ ।

काठमाडौँ, २१ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ । अधिकृत ढकालले अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको सरकारी कोषको रकम आफैँले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यको नाममा घरजग्गा खरीद गरेको पाइएको आयोगले अभियोग लगाएको छ । आयोगले बिगोवमोजिमको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गरेको छ ।

यस्तै आयोगले माई नगरपालिका इलाममा कार्यरत् तत्कालीन लेखा अधिकृत ढकाल सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाल विरुद्धसमेत मुद्दा दायर गरेको छ । लेखा अधिकृत ढकालले इलाममा रहँदासमेत कटारी नगरपालिमामा जस्तै रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्ध पनि रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुले रकम जम्मा गर्न बैंकलाई पठाइएको पत्र र कार्यालयमा रहने पत्रमा विवरण फरक फरक बनाउने, मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । सरकारी कोषको रकम दूरुपयोग गरी आफ्ना आफन्तको नाममा जम्मा पारेको, घर जग्गा जोडेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tika Rai

    यहि भरस्ट हरुले गरदा देस बिकास नभाको साला खाते हरु कति लोब गर्दो रछतेस्लाई नाङ्गै घाटमा पोल्छ अज लोब।गर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सरकारी कर्मचारी भारतीय प्रहरीको फन्दामा !
नेपाली सरकारी कर्मचारी भारतीय प्रहरीको फन्दामा !
सीके राउत र विप्लव समुहका २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै
विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने
प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको कुनै मनसाय:कानूनमन्त्री
प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको कुनै मनसाय:कानूनमन्त्री
जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’
जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
‘नीति तथा कार्यक्रममा पुराना योजनालाई नयाँ भनेर प्रचार गरियो’
‘नीति तथा कार्यक्रममा पुराना योजनालाई नयाँ भनेर प्रचार गरियो’