शेर्पा उम्मेदवारविरुद्ध लागेपछि शेर्पा समुदया आक्रोशित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ३, २०७९
|
|
४५ पटक हेरिएको
Shares
शेर्पा उम्मेदवारविरुद्ध लागेपछि शेर्पा समुदया आक्रोशित

सारांश

  • ‘शेर्पा समुदायका उम्मेदवारलाई निर्वाचनमा पराजित गर्नुपर्छ’ भन्ने आशयसहितको टेलिफोन संवाद सार्वजनिक भएको प्रति नेपाल शेर्पा संघ र सिंगो शेर्पा समुदायको गम्भिर ध्यानाकर्षण गरेको छ ।
  • संघले प्रेस विज्ञप्ति जारी गर्दै ओखलढुंगाबाट प्रदेशसभा क्षेत्र नं.
  • १ का उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले आफ्नो पदीय हैसियतलाई भुलेर शेर्पालाई अघि बढ्न दिनु हुँदैन, हराउनुपर्छ भन्ने जस्ता शब्द तथा कुत्सित मानसिकता देखाएको भन्दै शेर्पा समुदाय आक्रोशित बनेको हो ।

‘शेर्पा समुदायका उम्मेदवारलाई निर्वाचनमा पराजित गर्नुपर्छ’ भन्ने आशयसहितको टेलिफोन संवाद सार्वजनिक भएको प्रति नेपाल शेर्पा संघ र सिंगो शेर्पा समुदायको गम्भिर ध्यानाकर्षण गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै ओखलढुंगाबाट प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले आफ्नो पदीय हैसियतलाई भुलेर शेर्पालाई अघि बढ्न दिनु हुँदैन, हराउनुपर्छ भन्ने जस्ता शब्द तथा कुत्सित मानसिकता देखाएको भन्दै शेर्पा समुदाय आक्रोशित बनेको हो ।

विज्ञप्तिमा शेर्पा समुदायलाई राजनैतिक नेतृत्वका लागि रोक्ने दुष्प्रयासप्रति सिंगो शेर्पा समुदायको घोर निन्दा रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एक जना जिम्मेवार व्यक्तिबाट दिइने गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले जातीय तथा सामाजिक सद्भाव, भाइचाराको नातामात्रै नभएर धार्मिक सहिष्णुतामा समेत खलल पुग्ने उल्लेख छ । मुलुकको हरेक राजनैतिक परिवर्तन, सामाजिक आन्दोलनमा शेर्पा समुदायको विशिष्ट योगदान र पर्यटन प्रबर्द्धन, आर्थिक स्रोत वृद्धि गरी राज्यलाई समृद्ध बनाउने यात्रामा पनि विशेष भूमिका रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल शेर्पा संघ, ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाले यस्तो घृणित अभिव्यक्तिले समाजलाई विभाजन र खण्डित गर्ने कार्यलाई प्रोत्साहन गर्ने बताए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    створити акаунт на бнанс

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?