कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु

सारांश

  • बेइजिङ।
  • चीनलगायत विश्वभर आतंकित बनाइरहेको रहस्यमयी कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको बिहीबार मृत्यु भएको छ।
  • चिनियाँ चिकित्ुक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

बेइजिङ। चीनलगायत विश्वभर आतंकित बनाइरहेको रहस्यमयी कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको बिहीबार मृत्यु भएको छ। चिनियाँ चिकित्ुक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको हो।

जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भाइरसबारे मानिसहरुलाई चेतावनी दिएका थिए।

यसपछि चीनको स्थानीय स्वास्थ्य विभागले ३४ वर्षीय डाक्टर ली वेनलियान्गसँग सोधपुछ गरेको थियो। यतिमात्र होइन वुहान प्रहरीले डाक्टर ली वेनलियान्गलाई नोटिस पनि दिएको थियो र सामाजिक सञ्जालमाफर्त अफवाह फैलाएको आरोप लगाएको थियो।

कोरोना भाइरसबाट संक्रमित भएपछि डाक्टर ली वेनलियान्ग १२ जनवरीमा अस्पतालमा भर्ना भएका थिए। उनी एक संक्रमितको सम्पर्कमा आएपछि कोरोनाको चपेटामा परेका थिए।

डाक्टर ली वेनलियान्गले गएको ३० डिसेम्बरमा एक च्याट ग्रुपमा साथी डाक्टरहरुलाई सन्देश पठाएर यो भाइरसबारे जानकारी दिएका थिए।

डाक्टर ली वेनलियान्गले आफ्ना साथी डाक्टरहरुलाई यो भाइरसबाट बच्न विशेष कपडा लगाउन चेतावनी दिएका थिए।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली वेनलियान्गको मृत्युमा दुःख व्यक्त गरेको छ। संगठनले एक ट्वीट गर्दै उनको निधनमा निकै दुखी भएको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​अमेरिकामा प्लेन अपहरण, सैनिक जहाजले पछ्याएपछि दुघर्टनाग्रस्त
​अमेरिकामा प्लेन अपहरण, सैनिक जहाजले पछ्याएपछि दुघर्टनाग्रस्त
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)
निर्मला पन्त बलात्कार प्रकरण:  सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
निर्मला पन्त बलात्कार प्रकरण: सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
आज श्रमिक दिवस
आज श्रमिक दिवस
उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री
चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?