खस्कियो शिक्षाको गुणस्तर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७९
|
|
५३ पटक हेरिएको
Shares
खस्कियो शिक्षाको गुणस्तर

सारांश

  • काठमाडौं ।
  • नेपालमा कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ ।
  • राष्ट्रिय परीक्षा बोर्ड नेपालले बुधबार सार्वजनिक गरेको माध्यमिक तह (एईई) को नतिजामा गुणस्तर खस्किएको पाइएको हो ।

काठमाडौं । नेपालमा कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड नेपालले बुधबार सार्वजनिक गरेको माध्यमिक तह (एईई) को नतिजामा गुणस्तर खस्किएको पाइएको हो ।

गत वैशाखमा देशभर एकैसाथ सञ्चालित परीक्षाको नतिजाअनुसार उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्यामा कमी देखिएको छ ।

२०७५ सालमा ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ३.८३ प्रतिशत रहेको थियो । बुधबार सार्वजनिक नतिजामा भने यो वर्ष ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १.९४ प्रतिशतमा सीमित बनेको छ । २०७५ सालको तुलनामा यो संख्या १.८९ प्रतिशतले कमी आएको हो ।

एसईईमा ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने परीक्षार्थीको संख्यामा पनि कमी देखिएको छ । २०७५ सालमा यो ग्रेड ल्याउने विद्यार्थीको संख्या ११.१३ प्रतिशत रहेकामा यो वर्ष ८.४ प्रतिशतमा झरेको छ ।

कोभिड महामारीका कारण २०७६ र २०७७ सालको एसईईको नतिजा भने राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले सञ्चालन गरेको आन्तरिक परीक्षा र मूल्यांकन गरी पठाएको अंकलाई नै स्वीकृत गरी नतिजा सार्वजनिक गरेको थियो ।
बोर्डले २०७५ पछि यो वर्ष परीक्षा सञ्चालन गरेकोमा कोभिड महामारीलगायतका कारण शिक्षाको गुणस्तरमा कमी देखिएको हो । कतिपय शिक्षाविद्हरूले कोभिड महामारीको समयमा सिकाइ कार्यमा नै कोभिडको असर परेकाले उच्च तहको नतिजामा पनि असर परेको टिप्पणी गरेका छन् ।

यो वर्ष उच्च तहको जीपीए ल्याउने विद्यार्थीको संख्या घटेपछि तल्लो तहको अंक ल्याउनेको संख्यामा भने वृद्धि देखिएको छ । २०७५ सालमा २.८ देखि ३.२ जीपीए ल्याउने परीक्षार्थी १३.८८ प्रतिशत रहेकामा अहिले १४.१० प्रतिशत पुगेको छ ।

त्यस्तै, २.४ देखि २.८ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा १६.६७ प्रतिशत रहेकामा यो वर्ष झन् बढेर १८.३१ प्रतिशत पुगेको छ ।

२०७५ सालमा २ देखि २.४ जीपीए ल्याउनेहरू संख्या २१.३८ प्रतिशत रहेकामा २०७८ सालमा २२.७४ प्रतिशत पुगेको छ ।

यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६ सय २७ रहेको बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या ६९ हजार ९ सय रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७ सय ५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७ सय ३३ रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘नतिजा सन्तोषजनक रहेको बताए । ‘कोभिड–१९ महामारीका कारण विद्यार्थीको सिकाइमा असर गरेकाले माथिल्लो जीपीए ल्याउनेहरू घटेको हुन सक्छ तर यो नतिजा सन्तोषजनक मान्नुपर्छ,’ उनले भने ।

यो वर्षको कक्षा १० अर्थात् एसईईको परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा रहेका छन् भने २ लाख ५७ हजार ५३ जना छात्र सहभागी छन् । गत ९ देखि २० वैशाखसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

नतिजा सन्तोषजनक रहेको दाबी

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको एसईईको नतिजा सन्तोषजनक रहेको दाबी गरेको छ।

नतिजा सार्वजनिक गर्न बोर्डको कार्यालय परिसर सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ को एसईई नतिजा सन्तोषजनक रहेको दाबी गरे ।

कमजोरमा कर्णाली, राम्रोमा बाग्मती

यो वर्षको एसईई परीक्षाको नतिजामा सबैभन्दा कमजोर नतिजा कर्णाली प्रदेशको देखिएको छ भने तुलनात्मक रूपमा राम्रोमा बाग्मती प्रदेशको रहेको छ ।

नजिताअनुसार मधेस प्रदेशको नतिजामा सुधार देखिएको छ । बुधबार सार्वजनिक नतिजा अनुसार ३.६ देखि ४ जीपीए ल्याउने सबैभन्दा धेरै परीक्षार्थीको संख्या बाग्मती प्रदेशमा रहेको छ । ९ हजार ६ सय ३३ जना विद्यार्थीले सो जीपीए प्राप्त गरेकोमा ४७.७७ प्रतिशत बाग्मती प्रदेशका छन् । सबैभन्दा कम उच्च जीपीए प्राप्त गर्नेमा भने कर्णाली सबैभन्दा पछाडि र त्यसपछि सुदूरपश्चिम रहेको छ । कर्णालीमा विद्यार्थीको संख्या पनि सबैभन्दा कम साढे ७ प्रतिशत मात्रै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ?
समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ?
सरकारले नै ‘अयोग्य’ बनाएका झा फेरि अध्यक्षमा नियुक्त
सरकारले नै ‘अयोग्य’ बनाएका झा फेरि अध्यक्षमा नियुक्त
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी
रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
आज १८ जना कोरोना संक्रमितको मृत्यु
आज १८ जना कोरोना संक्रमितको मृत्यु
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
पाल्पामा बस दुर्घटनामा एकको मृत्यु
पाल्पामा बस दुर्घटनामा एकको मृत्यु
देशभरका शिवालयमा भक्तजनको घुइँचो
देशभरका शिवालयमा भक्तजनको घुइँचो