मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
३५ पटक हेरिएको
Shares
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै

सारांश

  • काठमाडौं।
  • फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मा २-० को सहज जित निकालेको छ।
  • घरेलु टोली नाइसमाथि पिएसजीले २-० को सहज जित निकाल्दै शिर्षस्थान कायमै राखेको छ।

काठमाडौं। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मा २-० को सहज जित निकालेको छ। घरेलु टोली नाइसमाथि पिएसजीले २-० को सहज जित निकाल्दै शिर्षस्थान कायमै राखेको छ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको २६औं मिनेटमा मेस्सीको गोल गरे। पहिलो हाफमा नै १-० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्‍यो। दोस्रो हाफको ७६औं मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। यो गोलसँगै खेल २-० को अवस्थामा टुंगियो।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ। जसअनुसार पिएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?