‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३१, २०७९
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ ।
  • अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ ।
  • बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए ।

निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ । बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो ।

सो दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ । त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार, गिरीराज पौडेल, फूलमाया तामाङ, कल्पना न्यौपाने लगायत सदस्य रहेका छन् । आयोगमा हाल दल दर्ता संख्या १ सय १३ दल पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?