वडा अध्यक्षसहित पक्राउ परेका १२ जुवाडे छुटाउन चलखेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
वडा अध्यक्षसहित पक्राउ परेका १२ जुवाडे छुटाउन चलखेल

सारांश

  • मबार राती कोशी गाउँपालिका–८ का वडा अध्यक्ष विन्देश्वर यादवसहित पक्राउ गरेका १२ जुवाडेहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।
  • सार्वजनिक गरिएकाहरुमा कोशी गाउँपालिका ८ का निर्वाचित वडा अध्यक्ष विन्देश्वर यादव, इनरुवाका सुनचाँदी व्यवसायी बद्री स्वर्णकार, इनरुवाकै नन्दकिशोर मेहता, भारतको पटना गर्दनीबार ८ घर भई कोशी बाँधका निमार्ण व्यवसायी राम अयोध्या शर्मा, इनरुवाका चन्द्र पोखरेल (ठुलो भाइ), इनरुवा कै व्यवसायी विनोद अटल, शम्भु कुमार साह, महेन्द्र यादव रहेका छन् ।
  • त्यसैगरी भोक्राहाका कुन्दन कौशिक साह, ईटहरीका महेन्द्र यादव, खाँदबारी नगरपालिका–२ का विनोद ओझा र कोशी गाउँपालिका ८ घर भई होटल व्यवसाय गर्दै आएका शंकर पौडेलको होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

मबार राती कोशी गाउँपालिका–८ का वडा अध्यक्ष विन्देश्वर यादवसहित पक्राउ गरेका १२ जुवाडेहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकाहरुमा कोशी गाउँपालिका ८ का निर्वाचित वडा अध्यक्ष विन्देश्वर यादव, इनरुवाका सुनचाँदी व्यवसायी बद्री स्वर्णकार, इनरुवाकै नन्दकिशोर मेहता, भारतको पटना गर्दनीबार ८ घर भई कोशी बाँधका निमार्ण व्यवसायी राम अयोध्या शर्मा, इनरुवाका चन्द्र पोखरेल (ठुलो भाइ), इनरुवा कै व्यवसायी विनोद अटल, शम्भु कुमार साह, महेन्द्र यादव रहेका छन् ।

त्यसैगरी भोक्राहाका कुन्दन कौशिक साह, ईटहरीका महेन्द्र यादव, खाँदबारी नगरपालिका–२ का विनोद ओझा र कोशी गाउँपालिका ८ घर भई होटल व्यवसाय गर्दै आएका शंकर पौडेलको होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका जुवाडेहरुलाई छुटाउन चलखेनसमेत हुन थालेको छ । स्रोतका अनुसार, प्रहरी प्रशासन समक्ष मोटो रकमको चलखेल भैरहेको छ । जुवाडेहरुलाई छुटाउन स्थानीय जनप्रतिनीधि र ठेकेदारहरु लागिपरेको बताइएको छ ।

प्रतिव्यक्ति ७० हजारका दरले रुपैयाँ संकलन गरेर गैरकानुनी ढंगमा छुटाउन विचौलियाहरु सकृय रहेको बताइएको छ । विचौलीयालाई प्रयोग गरि जमानीमा छाड्ने तयारी भएको बताइएको छ ।

उता सुनसरी प्रहरी प्रमुख एसपी माझीले पक्राउ परेकाहरुलाई कारवाही गरिने बताए । रकमको चलखेलमा जुवाडे छोड्न लागिएको भन्ने कुरा आधारहिन भएको बताएका छन् । अदालत खुलेपछि म्यादथप गरेर कारवाही गरिने उनले बताए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ४ लाख २२ हजार १ सय ३५ नेपाली र भारु ९२ हजार ३ सय ८० रुपैंया बरामद गरेको थियो । पक्राउ परेकाहरुलाई जुवा एैन अन्र्तगत मुद्धाको प्रकृया अघि बढाइसकिएको एसपी विद्यानन्द माझीले बताए ।

नयाँ पत्रीका बाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युनाइटेड फाइनान्सको टच स्क्रिन एटिएम शुरु
युनाइटेड फाइनान्सको टच स्क्रिन एटिएम शुरु
यु २० साफ: लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
यु २० साफ: लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
हवाई भाडा बढ्यो, कुन ठाउँको कति! सूचि सहित
हवाई भाडा बढ्यो, कुन ठाउँको कति! सूचि सहित
हामी हनिमुन मनाउन होइन, काम गर्न आएका हौं : प्रधानमन्त्री ओली
हामी हनिमुन मनाउन होइन, काम गर्न आएका हौं : प्रधानमन्त्री ओली
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
नेकपाः पार्टी एकता अभियान सार्वजनिक !
नेकपाः पार्टी एकता अभियान सार्वजनिक !
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
समवेदना सन्देश तयार पार्ने परराष्ट्रका कर्मचारीलाई कारबाही गरिने
समवेदना सन्देश तयार पार्ने परराष्ट्रका कर्मचारीलाई कारबाही गरिने

तपाईंले छुटाउनुभयो कि?