नर्वेमा विश्वका सबैभन्दा अग्लाे काठकाे टावर !
सारांश
- ओस्लो, २१ भदौ ।
- नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ ।
- अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.
ओस्लो, २१ भदौ । नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ । सो टावर वातावरण मैत्री र आगोले क्षति पु¥याउन नसक्ने खालको रहेको समाचारमा जनाइएको छ । टावरको नाम ‘एमजोस’ राखिएको छ । ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ । टावरमा नयाँ काठ, पुनः प्रयोग गर्न सकिने पुराना काठका सामग्रीहरुलगायत प्रयोग गरिएको निर्माणकर्ताहरुले बताएका छन् । काठले बनाइएको टावरले विश्वलाई नै सास फेर्नलायक बनाउन हामीलाई सहयोग गर्नेछ, एक जना व्यापारी अर्थर बुच्चर्डले भने ।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले आफूलाई काठको टावर बनाउन प्रेरित गरेको उनले बताए। आउँदो सन् २०१९ को मार्च महिनामा मात्रै यसको उद्घाटन गरिने निर्माणकर्ताले जानकारी दिएका छन् । एमजोस टावरसँगै आवास र पौडी स्थलहरु, एउटा होटल, कार्यालयहरु, रेष्टुरेन्ट र केही खाली ठाउँ पनि रहेको छ । टावर खासमा ८१ मिटरको रहेको छ भने बाँकी ४.४ मिटर यसको छानो रहेको छ । त्यही छानोले यसलाई विश्वकै सबैभन्दा अग्लो बनाएको छ । यसअघि अष्ट्रियाको भियनामा बनाइएको होहो नामक टावर ८४ मिटर रहेको छ ।
भियनाको टावरमा मिश्रित सामग्रीहरु रहेका छन् । त्यसमा ७६ प्रतिशत काठ रहेको छ भने बाँकी अन्य सामग्रीहरु रहेका छन् । त्यसैले त्यो टावर अहिले नर्वेमा बनाइएको एमजोस टावर जस्तो होइन ।
प्रतिक्रिया