मध्यरातमा सरकार र डा. केसीबीच ५ बुँदे सहमति
सारांश
- काठमाडौं, पुस २९ ।
- सरकार र डा.
- गोविन्द केसीबीच शुक्रबार राति ११ बजे ५ बुँदे सहमति भएको छ ।
काठमाडौं, पुस २९ । सरकार र डा. गोविन्द केसीबीच शुक्रबार राति ११ बजे ५ बुँदे सहमति भएको छ । सरकारका स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे पत्रमा हस्ताक्षर गर्दै सहमति गरेका हुन् ।
सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ ।
केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।
केसीको अनसन भने आज तोडिने छ ।
यस्तो छ सरकार र केसीबीच सम्झौता भएको सहमति पत्र :-

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया