फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
१८ पटक हेरिएको
Shares
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

सारांश

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् ।
  • आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् ।
  • मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् ।

मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे । नेकपा एमालेका १७ सांसदले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे ।४ जना सांसदले फ्लोर क्रस गरेका थिए ।

कुल ३९ जना बहालवाला प्रदेश सदस्य रहेको कर्णाली प्रदेशमा नेकपा एमालेको सभामुखसहित २०, नेकपा माओवादी केन्द्रको १२, नेपाली काँग्रेसको ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?