पहिलो चरण चुनाव : प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पहिलो चरण चुनाव : प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो

सारांश

  • काठमाडौं, कात्तिक १९ – मंसिर १० गते हुने पहिलो चरणको चुनावको लागि प्रत्यक्षतर्फको मतपत्रको छपाई सकिएको छ ।
  • निर्वाचन आयोगले पहिलो चरणको चुनावका लागि ३१ लाख मतदाता र त्यसको १० प्रतिशत थप गरेर झण्डै ३५ लाख मतपत्र छापिसकेको जनाएको छ ।
  • मंसिर १० मा पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।

काठमाडौं, कात्तिक १९ – मंसिर १० गते हुने पहिलो चरणको चुनावको लागि प्रत्यक्षतर्फको मतपत्रको छपाई सकिएको छ । निर्वाचन आयोगले पहिलो चरणको चुनावका लागि ३१ लाख मतदाता र त्यसको १० प्रतिशत थप गरेर झण्डै ३५ लाख मतपत्र छापिसकेको जनाएको छ ।

मंसिर १० मा पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ । पहिलो चरणमा ७ सय जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणमा हुने चुनावका लागि आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने र त्यसपछि मतपत्रको छपाई शुरु गर्ने तयारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले दिएको आदेश अनुसार आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छापेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र भने आयोगले यसअघि नै एउटै पानामा छापिसकेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?