वन्यजन्तुका कारण सात किसानलाई राहत वितरण
सारांश
- काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा वन्यजन्तु(चितुवा)को आक्रमणमा परी सात किसानको २४ घरपालुवा जनावर मारेकामा डिभिजन वन कार्यालयले उनीहरूलाई राहतस्वरूप रकम उपलब्ध गराएको छ ।
- गत आर्थिक वर्ष जिल्लाका विभिन्न स्थानमा चितुवाले खसी, बोका, माउ बाख्रा र पाठापाठी गरी २४ घरपालुवा जनावर मारेकोले प्रहरी प्रतिवेदनको आधारमा गठित समितिले निर्णय गरेर पठाएकाले वन मन्त्रालयले उपलब्ध गराएको रु एक लाख ९० हजार पडित किसानलाई राहतस्वरुप वितरण गरिएको उक्त कार्यालयका प्रमुख बद्रीकुमार कार्कीले बताउनुभयो ।
- क्षति भएको घरपालुवा जनावर ९खसीको बढीमा रू १० हजार, बोका र बाख्राको रू आठ हजार ५०० सम्म राहत उपलब्ध गराइएको थियो ।
काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा वन्यजन्तु(चितुवा)को आक्रमणमा परी सात किसानको २४ घरपालुवा जनावर मारेकामा डिभिजन वन कार्यालयले उनीहरूलाई राहतस्वरूप रकम उपलब्ध गराएको छ ।गत आर्थिक वर्ष जिल्लाका विभिन्न स्थानमा चितुवाले खसी, बोका, माउ बाख्रा र पाठापाठी गरी २४ घरपालुवा जनावर मारेकोले प्रहरी प्रतिवेदनको आधारमा गठित समितिले निर्णय गरेर पठाएकाले वन मन्त्रालयले उपलब्ध गराएको रु एक लाख ९० हजार पडित किसानलाई राहतस्वरुप वितरण गरिएको उक्त कार्यालयका प्रमुख बद्रीकुमार कार्कीले बताउनुभयो ।
क्षति भएको घरपालुवा जनावर ९खसीको बढीमा रू १० हजार, बोका र बाख्राको रू आठ हजार ५०० सम्म राहत उपलब्ध गराइएको थियो ।यसैबीच उक्त कार्यालयले वन्यजन्तु संरक्षण तथा उद्धार कार्यमा सहयोग पु¥याएको भन्दै बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरलाई रु २० हजार र बेथानचोक गाउँपालिका वडा नं ४ ढुङ्खर्कका ओतार लामालाई रु पाँच हजारसहित सम्मान गरेको थियो।विभिन्न ठाउँका किसानले वन्यजन्तु ९बँदेल, मृग, दुम्सी, बाँदर र भालु०ले अन्नबालीमा क्षति पु¥याएकाले निकै समस्या खेप्नुपरेको भन्दै त्यसको निराकरणका लागि स्थानीय सरकार र सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापन गर्न जोड दिँदै आएका छन् ।
प्रतिक्रिया