हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
१८ पटक हेरिएको
Shares
हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

सारांश

  • हेग ।
  • हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ।
  • ‘घटना जुलाई २ मा बिहानको समयमा भएको’ बेलारूसी दूतावासले उल्लेख गरेको छ ।

हेग । हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ। ‘घटना जुलाई २ मा बिहानको समयमा भएको’ बेलारूसी दूतावासले उल्लेख गरेको छ ।

दूतावासले आक्रमणकारीहरूलाई डच प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ। डच प्रसारकका अनुसार आक्रमणकारीहरूले दूतावासको भवनको झ्यालहरू तोडेको र भवनमा ढुङ्गा प्रहार गरेको बताएका छन् ।

आक्रमणकारीहरूले भवना भित्ताहरूमा विभिन्न किसिमका नाराहरू पनि लेखेका थिए । ती नाराहरूमा बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोलाई आतङ्कवादसँग जोडिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?