वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
५५ पटक हेरिएको
Shares
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध

सारांश

  • अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ ।
  • विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।
  • अहिले सडक खुलाउने काम भइरहेको छ ।

अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ ।

विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । अहिले सडक खुलाउने काम भइरहेको छ ।

त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डअन्र्तगत सत्यवती गाउँपालिका–४ नादेवा, वडा नं ५ बाँदरेभीर र वडा नं. ६ डहरेलगायत स्थानमा पहिरो खसेपछि आज बिहानदेखि सो सडक अवरुद्ध बनेको छ । यस्तै रिडी–खज्र्याङ्ग र तम्घास–इन्द्रेगौंडा सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ । रिडी–खज्र्याङ्ग सडक खण्डअन्र्तगत मनबाग र मुसिकोट नगरपालीका– ३ स्थित भन्ज्याङ्गमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । पानी परिरहेका कारण पहिरो हटाउन समस्या भइरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

सडक अवरुद्ध बनेपछि गुल्मीदेखि पाल्पा–बुटवल आवतजावत गर्ने यात्रु थप समस्यामा परेका छन् । लगातारको वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० लाख विद्यार्थीले एसईई परीक्षा आवेदन भर्न पाएनन्
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता
एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा  फिर्ता !!!
एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा फिर्ता !!!
संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?
संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इटहरीमा भीषण आगलागी
इटहरीमा भीषण आगलागी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटमा अन्तरिम आदेश भएन
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटमा अन्तरिम आदेश भएन
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार