सरकारको ध्यान आर्थिक विकास, सम्वृद्धि र सुशासनमा केन्द्रीत : रक्षामन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सरकारको ध्यान आर्थिक विकास, सम्वृद्धि र सुशासनमा केन्द्रीत : रक्षामन्त्री

सारांश

  • काठमाडौं, १७ बैशाख ।
  • २५६२ औं बुद्ध जयन्तीको अवसरमा रक्षामन्त्री ईश्वर पोखरेलले बुढानीलकण्ठको पासीकोटमा बुद्ध मूर्ति अनावरण तथा प्राण प्रतिष्ठाको उद्घाटन गरेका छन् ।
  • बुद्ध कोलोनीमा आयोजित एक समारोहका बीच मन्त्री पोखरेलले बुद्ध मूर्तिको अनावरण गरेका हुन् ।

काठमाडौं, १७ बैशाख । २५६२ औं बुद्ध जयन्तीको अवसरमा रक्षामन्त्री ईश्वर पोखरेलले बुढानीलकण्ठको पासीकोटमा बुद्ध मूर्ति अनावरण तथा प्राण प्रतिष्ठाको उद्घाटन गरेका छन् ।

बुद्ध कोलोनीमा आयोजित एक समारोहका बीच मन्त्री पोखरेलले बुद्ध मूर्तिको अनावरण गरेका हुन् । स्थानीय जनस्तरको लागतबाट निर्मित मूर्तिको अनावरण गर्दै मन्त्री पोखरेलले नागरिक सचेतनयुक्त राम्रो कामका निम्ति प्रशंसा गरे ।

“जनस्तरमा संगठित गरेर पनि विकासको काम अघि बढाउन सकिन्छ भन्ने कुराको प्रमाण तपाईहरुले बुद्ध मूर्ति निर्माण गरेर प्रस्तुत गर्नु भएको छ”, मन्त्री पोखरेलले भने, “राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भने छैन, यस्ता राम्रा कामले निरन्तरता पाउनुपर्छ ।”

सरकारको ध्यान आर्थिक विकास, समृद्धि र सुशासनमा केन्द्रीत रहेको भन्दैं मन्त्री पोखरेलले संविधानले निर्दिष्ट गरेका व्यवस्था बमोजिम नै अबदेखि विकास र योजनाहरु तय हुने बताए ।

‘“विकास तथा योजना निर्माणमा पनि स्थानीय, प्रदेश र केन्द्रीय तहका भिन्नाभिन्नै कार्यक्षेत्र छन्”, मन्त्री पोखरेलले भने, “त्यही कुरा बुझेर तपाईहरु पनि योजना निर्माण बनाउन लाग्नुस । स्थानीय तहभित्र पर्ने कुरा हो भने यहाँको मेयर सावलाई भन्नुस् । प्रदेशले गर्ने हो भने प्रदेशसभाका सदस्यहरु हुनुहुन्छ र केन्द्रीय तहको कुरा हो भने मसँग कुरा गर्न आउनुस् । तर तपाईहरु कार्यक्षेत्रबारे भने स्पष्ट हुन जरुरी छ ।”

निर्वाचनका बेलामा जनतासँग गरिएका प्रतिवद्धताप्रति आफू पूर्ण प्रतिवद्ध भएको मन्त्री पोखरेलको भनाई थियो । उनले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दैं स्थानीयलाई संगठित भएर काम गर्न आग्रह गरे । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?