चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १, २०७७
|
|
२१ पटक हेरिएको
Shares
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो

सारांश

  • काठमाडौँ १ पुस।
  • गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपतिनाथ आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् ।

काठमाडौँ १ पुस। गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपतिनाथ आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेका छन्।भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ। हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।नौ महिनापछि भक्तजनका लागि आजदेखि दर्शन गर्न खुला गरिने भएपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिईन् । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
प्रदेशमा कसको नेतृत्वको कति कर्मचारी चाहिएला!
प्रदेशमा कसको नेतृत्वको कति कर्मचारी चाहिएला!
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता
गाउँमै सरकारी सेवा, सयौ स्थानीय लाभान्वित
गाउँमै सरकारी सेवा, सयौ स्थानीय लाभान्वित
प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
पल शाह रिहा नहुने, उच्च अदालतद्वारा थुनामै राख्ने आदेश
पल शाह रिहा नहुने, उच्च अदालतद्वारा थुनामै राख्ने आदेश
जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!

तपाईंले छुटाउनुभयो कि?