वाणिज्य बैंकको ऋण लगानी शून्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५५ पटक हेरिएको
Shares
वाणिज्य बैंकको ऋण लगानी शून्य

सारांश

  • नवलपरासी, ३० साउन ।
  • गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन ।
  • द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो ।

नवलपरासी, ३० साउन । गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन ।द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो ।

यद्यपि नयाँ शाखाको रुपमा त्रिवेणीमा स्थापना भएदेखि हालसम्म ऋण लगानी शून्य रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाका प्रबन्धक केशवकान्त पौडेलले जानकारी दिएका छन् ।पौडेलका अनुसार राष्ट्रिय वाणिज्य बैंकको नियमानुसार रहेर ऋण माग गर्नेको सङ्ख्या निकै कम आउने र माग गरेपनि नियमभन्दा बाहिर रहेर माग गरिएकाले ऋण लगानी नभएको र हालसम्म शून्य रहेको छ ।बैंकको उद्देश्यअनुसार प्राप्त औद्योगिक क्षेत्र नहँुदा ऋण माग गर्नेको सङ्ख्या छैन । यस बैंक विशेष गरी पूर्वीनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६, ७, पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाका सेवाग्राहीलाई पायक पर्ने स्थानमा छ ।

समयसापेक्ष आवश्यकतालाई महशुस गरी उचित स्थान वा बजारमा यस बैंकको शाखा कार्यालय नहँुदा बैंकको गतिविधि र काम अन्य शाखाको तुलनामा निकै कम रहेको शाखा प्रबन्धक पौडेलको भनाइ छ ।यस बैंकमा निकै भीड हुने सिजन जेठ, असारमा पनि दैनिकरुपमा ३० देखि ४० जना र अन्य समयमा २० देखि ३० जनासम्म मात्र सेवाग्राही आउने गरेका छन् । यस बैंकमा चार जना कर्मचारी रहेका छन् ।

(https://store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?