जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ६, २०७५
|
|
५६ पटक हेरिएको
Shares
जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला

सारांश

  • काठमाडौंं।
  • नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरेका छन्।
  • टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफूले पहल गर्ने बताए।

काठमाडौंं। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरेका छन्।

टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफूले पहल गर्ने बताए। उनले  पार्टीको विभागहरु तत्काल गठन गर्नपनि सभापति देउवालाई आग्रह गरे।
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउदै कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नभए कांग्रेसले ठुलो मुल्य चुकाउनुपर्ने उनको धारणा थियो।
महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारे। उनले धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे।
राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाव दिन पनि सबैलाई आह्वान गरे। उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
हिम्मतवाली रेखाको रुद्रप्रिया युट्युबमा, नेपाल ट्रेण्डिङमा तेस्रो
हिम्मतवाली रेखाको रुद्रप्रिया युट्युबमा, नेपाल ट्रेण्डिङमा तेस्रो
अझै शक्तिशाली बन्ने दाउमा देउवा
अझै शक्तिशाली बन्ने दाउमा देउवा
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
डा. गोविन्द केसी आक्रोशित, स्वास्थ्य जाँच गर्न अस्वीकार
डा. गोविन्द केसी आक्रोशित, स्वास्थ्य जाँच गर्न अस्वीकार
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा
एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन