वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन्।
  • ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन्।

‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए।

‘हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यी उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ।’

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क. बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उनको महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे।

एकदलीय निरंकुश पञ्चायती व्यवस्थाकाविरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे संका्रन्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो।

स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गरेका थिए।

उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो। जगतबहादुर बोहरा उक्त घटनामा शख्त घाइते भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाहरुको पहिलो रोजाइ बन्दै दाढीबाला पुरुष !!
महिलाहरुको पहिलो रोजाइ बन्दै दाढीबाला पुरुष !!
माओवादी केन्द्र अलमलमा,भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोड’
माओवादी केन्द्र अलमलमा,भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोड’
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
१० लाख सहित  सहिदको प्रमाणपत्र !
१० लाख सहित सहिदको प्रमाणपत्र !
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
यी हुन् प्रदेशमा स्थापना हुने सरकारी कार्यालयहरू
यी हुन् प्रदेशमा स्थापना हुने सरकारी कार्यालयहरू
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
उपत्यकामा ४ ‘स्मार्टसिटी’को योजना बन्यो
उपत्यकामा ४ ‘स्मार्टसिटी’को योजना बन्यो
ओली यस्ता घोडा हुन्, जो तगडा सवारी चलाउने क्षमता राख्छन्। तर चाबुक लगाइरहनुपर्छ।’