नेपाल पर्यटन महोत्सव आयोजना हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
नेपाल पर्यटन महोत्सव आयोजना हुने

सारांश

  • काठमाडौँ ।
  • नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ ।
  • नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवद्र्धन (एनटिपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौँको वसन्तपुरमा आगामी वैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

काठमाडौँ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवद्र्धन (एनटिपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौँको वसन्तपुरमा आगामी वैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ शिराबाट पर्यटन प्रवद्र्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सवको तयारी गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताए । उनका अनुसार वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव हरेक वर्ष हुनेछ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले महोत्सवका माध्यमबाट पर्यटनको नीतिगत सुधारमा सरोकारवालाको धारणासहित दीगो पर्यटन विकासका निम्ति महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन नीतिलाई समयसापेक्ष बनाउन बहस र पैरबी गर्दै पर्यटनको नीति र योजना बनाउन महोत्सव उपयोगी हुने बताए ।

महोत्सवमा विभिन्न बिदाको पर्यटन केन्द्रित दश ‘सेसन’ सञ्चालन हुनेछन् । महोत्सको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् भने अन्तिम सेसन ‘पर्यटनमा राजनीति ः मिसन, भिजन र भिजिट नेपाल’ शीर्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको हुने आयोजकले जनाएको छ ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नाराका साथ आयोजना हुने महोत्सवको अन्य सेसनमा ‘पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास’, स्वास्थ्य पर्यटन, चलचित्र पर्यटन, चलचित्र पर्यटन, पर्यटनमा जलवायु परिवर्तनको असर र हिमाल सेसन सञ्चालन गरिनेछ ।

युवा पर्यटन अभियान्ता, सात प्रदेशको पर्यटन सम्भावना, सम्पदा, ‘एयरलाइन्स टुरिज्म’ का साथै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको नेपाल अनुभव, खेल तथा सौन्दर्य पर्यटनबारे छलफल हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत
प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः  देउवा
म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः देउवा
विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए
विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए
बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
के छन् ओलीका भारत भ्रमणका एजेन्डा ?
के छन् ओलीका भारत भ्रमणका एजेन्डा ?
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न

तपाईंले छुटाउनुभयो कि?