४० जनाको ज्यान जाने पुलावामा घटनामा भारतकै गल्ती !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
४० जनाको ज्यान जाने पुलावामा घटनामा भारतकै गल्ती !

सारांश

  • एजेन्सी।
  • जम्मु र कश्मिरको पुलावामामा १४ फेब्रुअरीमा ४० जनाको ज्यान जानेगरी भएको आक्रमणमा भारतकै गल्ती भएको रिपोर्ट सार्वजनिक भएको छ ।
  • सीआरपिएफका बसहरुमाथि भएको यो आक्रमण भारतीय जासुसी एजेन्सीको असफलताका कारण भएको रिपोर्टमा उल्लेख छ ।

एजेन्सी। जम्मु र कश्मिरको पुलावामामा १४ फेब्रुअरीमा ४० जनाको ज्यान जानेगरी भएको आक्रमणमा भारतकै गल्ती भएको रिपोर्ट सार्वजनिक भएको छ । सीआरपिएफका बसहरुमाथि भएको यो आक्रमण भारतीय जासुसी एजेन्सीको असफलताका कारण भएको रिपोर्टमा उल्लेख छ । यो कुरा सीआरपीएफको आन्तरिक रिपोर्टमा उल्लेख भएको आज तकको समाचारमा उल्लेख छ । यो बयान गृह मन्त्रालयको बयान विपरित छ । गृह मन्त्रालयले यो आक्रमण खुफिया असफलता नभएको रिपोर्ट बनाएको थियो ।

जाँच रिपोर्टमा उल्लेख भएअनुसार आइइडी खतराबारे सामान्य चेतावनी दिइएको थियो तर कारबाट आत्मघाती आक्रमणको कुनै विशेष खतराको चेतावनी दिइएको थिएन । रिपोर्टमा भनिएको छ कि घाटीमा कुनै पनि खुफिया एजेन्सीले यस किसिमको इनपुट साझा गरेका थिएनन् । गृह मन्त्रालयले भने आक्रमण खुफिया एजेन्सीको विफलता भएको अस्वीकार गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ – जम्मु र कश्मिर विगत ३ दशकदेखि सीमापारबाट प्रायोजित र समर्थित आतंकवादबाट प्रभावित छ । गृह राज्यमन्त्री जी किशान रेड्डीले जून महिनामा आफ्नो बयानमा आतंकवादप्रति शून्य हनशीलताको नीति र सुरक्षा बलद्वारा आतंकवादीविरुद्ध निरन्तर कारवाहीले विगत केही वर्षमा ठूलो संख्यामा आतंकवादीलाई निष्प्रभावी गरिदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?