कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
३३ पटक हेरिएको
Shares
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

सारांश

  • काठमाडाैं।
  • प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरे।

काठमाडाैं। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरे। नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण विश्वमा हजारौँको मृत्यु र सङ्क्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लुकाइसकेका कुरालाई सरकारले कडाइका साथ हेर्न ध्यानाकर्षण गराइन्।

उनले खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने माग गरिन्। राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसको त्रासले जनतामा अन्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गरे।

सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गरे। नेपाली काँग्रेसका सांसद डा डिला सङ्ग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण नेपाली जनता त्रसित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गरे। सांसद विद्या भट्टराईले कोरोना भाइरसको त्रासले सिङ्गो जनजीवन प्रभावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गरे।

(https://goldchannel.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
राष्ट्रिय परिचयपत्र : दश औंलाका छापसहित वितरण शुरु
राष्ट्रिय परिचयपत्र : दश औंलाका छापसहित वितरण शुरु
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
बदर मत घटाउन मतदाता शिक्षा तालिम सुरु
बदर मत घटाउन मतदाता शिक्षा तालिम सुरु
ठमेलमा ‘साइकल लेन’ निर्माण गर्ने तयारी !
ठमेलमा ‘साइकल लेन’ निर्माण गर्ने तयारी !
नुवाकोटमा महत र केसी दुबै पछाडि, प्रदेशमा समेत गठबन्धन अघि
नुवाकोटमा महत र केसी दुबै पछाडि, प्रदेशमा समेत गठबन्धन अघि
घट्दो जन्मदर रोक्न जापान सरकारको डिजिटल डेटिङ: एआई एपको माध्यमबाट २६५ जोडीले गरे विवाह
घट्दो जन्मदर रोक्न जापान सरकारको डिजिटल डेटिङ: एआई एपको माध्यमबाट २६५ जोडीले गरे विवाह
भ्रष्टाचार ठहर सुभाषलाई जेल नबसी उम्कने बाटो खुलेपछि…
भ्रष्टाचार ठहर सुभाषलाई जेल नबसी उम्कने बाटो खुलेपछि…
ओलीले गरे २ अर्बको तरकारी बजार उद्घाटन
ओलीले गरे २ अर्बको तरकारी बजार उद्घाटन