मतदान नजिकिदै, मतदातालाई भाेट हान्न थाहै छैन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
मतदान नजिकिदै, मतदातालाई भाेट हान्न थाहै छैन

सारांश

  • अर्घाखाँची, १३ असार स्थानिय तहकाे निर्वाचनको समय नजिकिदै गईरहेकाे अवस्थामा मतदाताहरू मत हान्न नै थाहा नभएकाे गुनासाे पाेखे ।
  • छत्रदेव गाउँपालिका ५ का पृथमान श्रेष्ठले कुनै पनि राजनितिक दलहरूले मत हान्न नसिकाएकाे तथा मतदाता शिक्षा दिन पनि काेहि नअाएकाे बताए ।
  • उनले ७ ठाउँमा भाेट हान्ने थाहा भएकाे तर कसरी भाेट हान्ने जानकारी नभएकाे गुनासाे पाेखे ।

अर्घाखाँची, १३ असार स्थानिय तहकाे निर्वाचनको समय नजिकिदै गईरहेकाे अवस्थामा मतदाताहरू मत हान्न नै थाहा नभएकाे गुनासाे पाेखे । छत्रदेव गाउँपालिका ५ का पृथमान श्रेष्ठले कुनै पनि राजनितिक दलहरूले मत हान्न नसिकाएकाे तथा मतदाता शिक्षा दिन पनि काेहि नअाएकाे बताए । उनले ७ ठाउँमा भाेट हान्ने थाहा भएकाे तर कसरी भाेट हान्ने जानकारी नभएकाे गुनासाे पाेखे । छत्रदेव ३ का कमल नेपालीले राजनितिक दलहरू बाईक र्यालि, अामसभा मात्र गर्छन भाषण गर्छन तर मत कसरी हान्ने सिसिकाउदैनन उनले भने । पाणिनि गाउँपालिका २ पाेखराथाेकका विरेन्द्र गाैतम युवा हुन, तर उनले पनि कसरी मत हान्ने बिषयमा स्पष्ट बाेल्न सकेनन । जिल्लामा राजनितिक दलहरू र्यालि, अामसभा मात्र गरेका छन, मतदातालाई कसरी भाेट हान्ने विषयमा नसिकाएकाे अर्घाखाँची जिल्लाका धेरैजसाे मतदाताले बताए । निर्वाचनको मिति नजिकिँदै छ, तर मतदाता भाेट कसरी हान्ने थाहा नै छैन यसरी मतदातालाई मत हान्न नसिकाउँदा धेरै मत बदर हुने अनुमान गरिएकाे छ ।

अम्बिका बेल्बासे
अर्घाखाँची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?