विदेश जाने अनुमति पाए सलमानले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
विदेश जाने अनुमति पाए सलमानले

सारांश

  • काठमाडौँ, ४ वैशाख ।
  • बलिउडा चर्चित अभिनेता सलमान खानलाई अदालतले विदेश जान अनुमति दिएको छ ।
  • सलमानले आफ्नो अब आउने फिल्म सुटिङका लागि नेपालसहित क्यानडा, र अमेरिका जानका लागि अनुमति माग्दै निवेदन दिएपछि विदेश विदेश यात्रा गर्ने अनुमति पाएका हुन् ।

काठमाडौँ, ४ वैशाख । बलिउडा चर्चित अभिनेता सलमान खानलाई अदालतले विदेश जान अनुमति दिएको छ । सलमानले आफ्नो अब आउने फिल्म सुटिङका लागि नेपालसहित क्यानडा, र अमेरिका जानका लागि अनुमति माग्दै निवेदन दिएपछि विदेश विदेश यात्रा गर्ने अनुमति पाएका हुन् ।

अदालतबाट अनुमति पाएसँगै अब सलमानले फिल्म सुटिङका लागि मे २५ देखि १० जुलाईसम्म विभिन्न चार देशको यात्रा गर्ने छन् । सलमानलाई सन् १९९८ मा ‘हम साथ–साथ है’ फिल्मको सुटिङका क्रममा हरिण मारेको आरोपमा केही समयअघि १० हजार रपैयाँ जरिवानासहित पाँच वर्षको जेल सजाय सुनाइएको थियो । पछि उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिए पनि देश बाहिर जान नपाउने आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?