प्रतिपक्षलाई प्रधानमन्त्री ओलीको जवाफ ‘‘गर्छु भन्नेले किन गरेन भन्ने विश्वास त रैछ नि “

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १३ जेठ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अाइतबार (आज) संसदमा सम्बोधन गर्दै संविधान संशोधन हुनसक्ने बताएका छन् ।
  • प्रम ओलीले २०१५ सालको संविधानमा राजाको भूमिका बाहेकका धाराहरु संशोधन गर्न सकिने राखिएको स्मरण गराउँदै अहिलेको संविधानका सबै धाराहरु संशोधन गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै आवश्यकताको आधारमा संविधान संशोधन हुनसक्ने बताएका हुन् ।

काठमाडौं, १३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले अाइतबार (आज) संसदमा सम्बोधन गर्दै संविधान संशोधन हुनसक्ने बताएका छन् ।

प्रम ओलीले २०१५ सालको संविधानमा राजाको भूमिका बाहेकका धाराहरु संशोधन गर्न सकिने राखिएको स्मरण गराउँदै अहिलेको संविधानका सबै धाराहरु संशोधन गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै आवश्यकताको आधारमा संविधान संशोधन हुनसक्ने बताएका हुन् ।

प्रम ओलीले विकास, समृद्धिको लागि संविधान संशोधन हुनसक्ने उल्लेख गरेका हुन् । उनले जुनसुकै नेपाली नागरिकताधारी नागरिकबाट जन्मेका सन्तानले बंसजको आधारमा नागरिकता पाउने व्यवस्था गरेको उल्लेख गर्दै भ्रम छर्ने काम नगर्न सबैमा आग्रह गरेका छन्  ।

प्रम ओलीले संसदमा सम्बोधन गर्दै प्रदुषण नियन्त्रण गर्दै कर नतिर्नेलाई तह लगाउने घोषणा पनि  गरेका छन् ।

वातावरणीय प्रदुषण नियन्त्रण गर्ने सम्बन्धमा अाेलीले भने, ‘स्वच्छ हावा सास फेर्न पाउने अधिकार ग्यारेन्टी गर्छौ ।’ साथै प्रम ओलीले पुननिर्माणका कामहरु र सडक फराकिलो पार्ने काम केही वर्षभित्र पूरा हुने बताए ।

सिलान्यास गरेर छोडेको रानीपोखरी उस्ताको उस्तै, दुई वर्षअघि मैले अभियान सुरु गरेको धरहरा दुई वर्षपछि आउँदा जस्ताको तस्तै रैछ । प्रम ओलीले भने, तीन वर्षमा नगर्नेलाई केही भनिएन । तीन महिनामा किन भएन भन्ने प्रश्न उठेको छ । धन्यवाद छ, त्यो विश्वासका लागि । ‘गर्छु भन्नेले किन गरेन भन्ने विश्वास त रैछ नि ।’ प्रम ओलीले भने ।

कर छल्ने, कर नतिर्ने, विभिन्न तरिकाबाट हत्कण्ठा अपनाएर अनुचित काम गरिन्छ, त्यसलाई अन्त्य गरिन्छ । कर्मचारी प्रशासन वा कुनै पनि सरकारी संयन्त्र, त्यसलाई ठिक ढंगले परिचालन गर्ने र हामीले देश र जनताप्रति लिएको निष्ठाको सपथ, जनताको करबाट लिएको पारिश्रमिक सेवा र सुविधा अनुसार जनताको सेवामा निष्ठापूर्वक कर्तव्य परायण भएर काममा लाग्ने चेतनाको विकास हुँदैन तबसम्म कर्मचारीको व्यवहारमा सुधार हुँदैन ।

असमानताको अवस्था के छ ? सबै जनता खान पाउने अवस्थामा छन कि छैनन् । केही मानिसको आम्दानीबाट बढेको प्रतिव्यक्ति आयका आधारमा सामाजिक जीवन माथि उठ्यो भन्ने कुरा हुँदैन । गरिब भन्दा गरिब बर्गले आधारभूत आवश्यकता पूरा भयो कि भएन ? हामीले हेर्छौ । नेपाल जस्तो देशमा खान नपाएर कोही भोकै मर्दैन र मर्न दिईदैन, मैले यो कुरा यत्तिकै भनेको होइन, नेपालमा अहिले सरकार छ । चार सय जना झाडापखालाबाट बिरामी परेको भन्ने खवर आयो, हामी त्यहाँ लागि सकेका छौं । यो सरकार अल्मिलिँदैन । थाहा पायो कि लाग्यो ।

हामी अधिकार प्राप्तिको लडाईबाट समृद्धि र विकासको बाटोमा अघि बढेका छौं । देशको सम्पूर्ण साधन, स्रोत सामथ्र्यलाई एकताबद्ध भएर विकासको बाटोमा लगाउँदछौ । यतिबेला हामी पछाडि छौं । हाम्रो मात्रै स्रोत साधनहरुले पर्याप्त नहुन सक्छ । हाम्रा छिमेकी तथा लगानीकर्ताहरुसँग मिलेर विकास र समृद्धिको काम गर्छौ । देशभित्रको पुँजि पनि परिचालन गर्ने र बाह्य लगानी समेत आकर्षण गरेर विकास अघि बढाउनेछौं । निजि, सहकारी र सामुदायिक सबै प्रकारको अंगहरुलाई परिचालन गरेर अघि बढ्नेछौं ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Meg Shrestha

    धरहरा , रानी पोखरी ,छिटोछरितो पुनः निर्माण हुन पर्यो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
अर्थतन्त्र सुधारका लागि सरकारका यस्ता छन् निर्णय
अर्थतन्त्र सुधारका लागि सरकारका यस्ता छन् निर्णय
कांग्रेसको निष्कर्ष  -माओवादीबाट धोखा भो,
कांग्रेसको निष्कर्ष -माओवादीबाट धोखा भो,
हवाई सेवा सञ्चालनका लागि उपमहानगरपालिकाको यस्तो निर्णय
हवाई सेवा सञ्चालनका लागि उपमहानगरपालिकाको यस्तो निर्णय
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ
प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त
हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त
बंगलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी
बंगलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास