विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित

सारांश

  • विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए ।
  • नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।
  • प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सभामुख कृष्णबहादुर महरा लगायतले विमानस्थल पुगेर स्वागत गरेका थिए ।

विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सभामुख कृष्णबहादुर महरा लगायतले विमानस्थल पुगेर स्वागत गरेका थिए ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीले जारी राखेको अनशनको औचित्य नभएको प्रतिक्रिया दिएका छन् । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि डा. केसीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

विश्व आर्थिक मञ्चको ४९औं बैठकमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालो देखाएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा डोमेस्टिक अगाडी नेविसंघले कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने कार्यमा संलग्न नेविसंघका चार जना कार्यकर्ताले प्रहरीले नियन्त्रणनमा लिएको छ। प्रमुख प्रतिपक्षि दल कांग्रेसको अवरोधका बाबजुद शुक्रबार संसदमा चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा नेविसंघले कालो झण्डा देखाइ विरोध गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेविसंघका कार्यकर्ताहरुले कालो झन्डा देखाएका छन् । विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर शनिबार स्वेदेश फर्किएका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताहरुले त्रिभुवन विमानस्थलमै कालो झन्डा देखाए । प्रहरीले कालो झन्डा देखाउने ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?