सन्दीप लामिछानेले किन नखेल्ने भए सागमा क्रिकेट ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
१६ पटक हेरिएको
Shares
सन्दीप लामिछानेले किन नखेल्ने भए सागमा क्रिकेट ?

सारांश

  • चर्चित युवा लेग स्पीनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेलमा सहभागिता नजनाउने भएका छन् ।
  • केही महिनादेखि उनको आँखा समस्या देखिएको र सोमबार मात्र लेजर राखिएकाले साग खेल्न नसक्ने भएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
  • ‘सन्दीपले आजै मात्र डक्टरसँग चेक गराएर आँखा लेजर राखेका हुन् ।

चर्चित युवा लेग स्पीनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेलमा सहभागिता नजनाउने भएका छन् । केही महिनादेखि उनको आँखा समस्या देखिएको र सोमबार मात्र लेजर राखिएकाले साग खेल्न नसक्ने भएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । ‘सन्दीपले आजै मात्र डक्टरसँग चेक गराएर आँखा लेजर राखेका हुन् ।

चश्मा लगाएर खेल्न केही गाह्रो हुने र भविष्यमा केही असर नपरोस् भनेर सागमा लामिछानेले क्रिकेट नखेल्ने निर्णय गरेको शिवाकोटीले बताए । लामिछानेले कम्तीमा दुई साता आराम गर्ने भएका छन् । उनी भर्खरै मात्र युएईमा सम्पन्न टी–१० लिग खेलेर फर्किएका थिए । आगामी फेब्रुअरीमा नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ र त्यसैलाई ध्यानमा राख्दै सागमा नखेलेर आराम गर्न लागेको शिवाकोटीको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?