विद्रोही उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
विद्रोही उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ।
  • पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे।

काठमाडौं। नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे।
उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन्।
तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी पनि मुख्य सचिव पौडेलले दिए।
यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए । तर, केही विद्रोही उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएका छन्। धेरै ठाउँमा लिएका छैनन्।
भरतपुर महानगरपालिकामा विद्रोही उम्मेदवार बनेका जगन्नाथ पौडेल, हरिश्चन्द्र घिमिरेलगायतले उम्मेदवारी फिर्ता नलिने बताउँदै आएका छन्। पोखरालगायत स्थानीय तहमा पनि विद्रोही उम्मेदवारी दिएकाहरूले फिर्ता लिन मानिरहेका छैनन्।[image: nepali-congress-2-3.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?