काभ्रेकाे मण्डन देउपुरकाे मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
काभ्रेकाे मण्डन देउपुरकाे मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी

सारांश

  • काठमाडौं।
  • एमालेका नेता एवं पूर्वमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर काभ्रेकाे मण्डन देउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।
  • मेयरमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवा विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसले जितेकाे छ।

काठमाडौं। एमालेका नेता एवं पूर्वमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर काभ्रेकाे मण्डन देउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

मेयरमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवा विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसले जितेकाे छ। कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन्।

मण्डनदेउपुर पूर्व संचारमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर हाे। उनकाे वडामा भने एमालेले प्यानलै जितेकाे भए पनि नगरपालिकामा भने जित्न सकेन। यसअघि एमालेका तर्फबाट जितेका टाेकबहादुर वाइबा अहिले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छन् । उनै वाइवा फेरि मेयर बनेका हुन्।

मण्डनदेउपुर नगरपालिकाे वडा नम्बर १, ४, ५ र ७ मा एमाले विजयी भएकाे छ । यस्तै २, ३, ६, ९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेकाे छ । यस्तै, ८ नम्बरमा भने माओवादी केन्द्रले जितेकाे छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेकाे छ भने एक जना माओवादी केन्द्रले जितेकाे छ।

वडा नम्बर १ मा कांग्रेस ४ मतले पराजित भएकाे छ । मेयरमा विजयी वाइबाले नाै हजार चार सय ६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका विदुर सापकाेटाले आठ हजार तीन सय ५१ मत ल्याएका छन्।

उपमेयरमा विजयी विष्णुमणि नेपालले ११ हजार तीन सय पाँच मत ल्याएका छन्। प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६ हजार नाै सय २४ मत ल्याएकी छिन् ।

यहाँ दुई वडाकाे गणना बाँकी रहँदै उपमेयरमा विष्णुमणि नेपाल विजयी भइसकेका थिए। गणना हुन बाँकी २ वडाकाे मत तीन हजार पाँच सय ३१ मात्र थियाे । जबकी त्यतिबेला नेपालकाे मतान्तरनै तीन हजार ६ सय ११ रहेकाे थियाे । मण्डनदेउपुरमा १२ वडा रहेका छन् भने यहाँ २१ हजार नाै सय ३५ मत खसेकाे थियाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?